लन्डन । विवादास्पद व्यापारी अजेय सुमार्गीको पूर्व विमोचित पुस्तक ‘अजेयराज सुमार्गी’ को यूके विमोचनका लागि नेपालबाटै नेता झिकाइएको छ । आज सांझ अल्डरसटस्थित एम्पायर हलमा विमोचन कार्यक्रम छ ।
श्रोत नखुलेको पैसा विदेशवाट नेपाल ल्याएर ‘विवादित’ छवि बनाएका सुमार्गीले एमाले, माओवादी र भारतीय जनता पार्टीका केही नेतालाई लन्डनमा उतारेका हुन् ।
एमाले युवा नेता कर्णबहादुर थापा, माओवादी नेता राम ना. विडारी र भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय जोली कार्यक्रममा सहभागी हुने भएका छन् ।
श्रोत नखुलेको अर्बौं रुपैयां विदेशबाट नेपाल भित्रयाउन खोजिरहेका सुमार्गीले एमाले अध्यक्ष केपी ओली निकट युवा नेता थापा, कांग्रेस नेतृ देउवा, माओवादी केन्द्रका विडारीलाई लन्डन उतारेका छन् । थाहा सञ्चार गृह सञ्चालन गरि रहेका सुमार्गीको माओवादी केन्द्र अध्यक्ष प्रचण्डसंग विशेष सम्बन्ध छ ।
पैसाकै बलमा सबै पार्टीमा प्रभाव पार्न सफल भएका सुमार्गीले वैचारिक रुपमा छुट्टा छुट्टै कित्तामा उभिएका दलहरुका मुख्य नेता निकटलाई बेलायत बोलाएका छन् । प्रधानमन्त्री केपी ओलीले भ्रष्टाचारमा संलग्न भएको पुष्टी भएपछि थापालाई मन्त्रीबाट पदमुक्त गरेका थिए ।
त्यस्तै माओवादी केन्द्रका विडारीले पूर्व प्रधान न्यायाधिस सुशिला कार्की र प्रचण्डबीच विचौलिएको काम गरी पूर्व अख्तियार प्रमुख लोकमान सिंह कार्कीको मुद्दा रोक्न खोजेको पुष्टि भइसकेको छ । उक्त कुरा कार्कीले सार्वजनिक रुपमै बोलेकी छन् ।
माओवादीका नेता तथा लक्ष्मी प्रतिष्ठानका युरोप कोअर्डिनेटर सुरेन्द्र श्रेष्ठले कार्यक्रममा एमाले नेता थापा, माओवादी केन्द्रका विडारी लगायत सहभागी रहने जानकारी वीनेपाली डटकमलाई दिए ।
नेपालमा विमोचित भइसकेको उनको आफ्नै पुस्तक ‘अजेयराज सुमार्गी’ लाई बेलायतमा फेरी विमोचन गर्न लागिएको हो । कार्यक्रममा करिब पांच सय सहभागी गराउन लक्ष्मी प्रतिष्ठानका युरोप कोअर्डिनेटर लागि परेका छन् । ‘विवादित’ छवि भएका व्यापारीको निमन्त्रणा पत्रमा ‘लञ्चिङ सेरोमनी र डिनर’ रहेको उल्लेख छ ।
करिब डेढ महिना अघि परिवारसहित लन्डन आएका बेला सुमार्गीले पुस्तक विमोचनका लागि बेलायतस्थित नागरिक अगुवासंग सुझाव सल्लाह लिएका थिए ।
बेलायतमा ‘फस्ट तामाङ फेस्टिभल लन्डन २०२६’ हुँदै, नेपालबाट चर्चित कलाकार आउने
सन्तुलित कूटनीतिको आवश्यकता झनै बढेको छ : परराष्ट्रमन्त्री शिशिर खनाल [अन्तर्वार्ता]
इङ्ग्ल्यान्ड फिफा विश्वकप फुटबलको अन्तिम १६ मा प्रवेश
बीसीसी यूकेद्वारा डर्डल डोरमा एकदिने भ्रमण, च्योद् साधना सम्पन्न
भेनेजुएलामा शक्तिशाली भूकम्प : १ हजार ९४३ को मृत्यु पुष्टि, १० हजारभन्दा बढी घाइते [अपडेट]
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
अभिव्यक्ति श्रृंखलामा स्रष्टा चिम्खोले काइँलाले सुनाए सृजना
राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए ? [सूची]
भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु, ४ हजार ३०० भन्दा बढी घाइते [अपडेट]
बीसीसी यूकेद्वारा डर्डल डोरमा एकदिने भ्रमण, च्योद् साधना सम्पन्न