लन्डन । मिस यूके नेपाल ०१७ को छैटौं संस्करण सृजना गुरुङले जितेकी छन् । आइतबार अबेर बेलायतको अल्डरसटस्थित एम्पायर हलमा सम्पन्न प्रतिष्पर्धामा अन्य ७ सुन्दरीलाई उछिनेर सृजनाले मिस यूके नेपाल ताजसहित आठसय पाउण्ड पाइन् । उनलाई गत वर्षकी विजेता टेनिसा रानाले ताज लगाइदिएकी थिइन् । सृजनाले मिस इन्टेलेक्चुअल टाइटिल समेत जितेकी छन् । हाल लन्डन बस्ने पोखरा स्थायी घर भएकी २४ वर्षीया सृजना बायो मेडिकल साइन्सकी विद्यार्थी हुन् ।
पिपल मोर्गेजेज मिस यूके नेपाल प्रतियोगितामा फष्ट रनर अप सुजना पुन र सेकेन्ड रनरअप लिसा सुनार भए ।
६ अन्य सबटाइटल अन्तर्गत एलिन गर्बुजाले मिस पब्लिक च्वाइस, मिस पर्सनालिटी र ब्युटी वीथ दि परपोज गरि तीन उपाधि जितिन् भने लिसा सुनार मिस टयालेन्ट भइन् ।
प्रतियोगिताको निर्णायकमा कृष्ण भट्ट, विमला सेने, गायक आनन्द कार्की, दुर्गा गुरुङ र डा. रेणुका गुरुङ थिए ।
कार्यक्रमका प्रमुख अतिथी दूतावासका उपनियोग प्रमुख शरदराज आरणले प्रवासमा नयां प्रतिभाको खोजी गरिनु सरहानीय भएको बताउंदै यसले कला संस्कृति र भाषाको जगेर्ना समेत गर्ने धारणा राखे ।
प्रतिष्पर्धीलाई प्रशिक्षण दिन महिना दिन यता बेलायत रहेकी पूर्व मिस नेपाल माल्भिका सुब्बाले सबै ८ प्रतियोगीले नै उपाधि जितेको बताइन् । ‘शुरुमा उनीहरु बोल्न समेत लजाउने स्वभावका थिए’, माल्भिकाले भनिन्, ‘तर प्रतियोगिताको अन्तिम दिनसम्म आइपुग्दा प्रतियोगीमा जसरी आत्मबल बढ्यो त्यो नै जित हो ।’ माल्भिकाले विजयी सुन्दरीहरुलाई सामुदायिक सेवामा लाग्न पनि सुझाइन् ।
इभेन्टस एण्ड आइडियाज प्रोडक्सनले सन् २०१० देखि मिस यूके नेपाल प्रतियोगिता आयोजना गर्दै आएको छ । प्रोडक्सनकी निर्देशक शान्ति गुरुङले स्वागत मन्तव्य व्यक्त गर्दै नयां प्रतिभाहरुलाई अवसर दिने आफूहरुको प्रयास रहेको बताइन् । निलम गुरुङले संयोजन गरेको उक्त कार्यक्रममा विभिन्न नाच र गायन समेत प्रस्तुत गरिएको थियो ।
प्रतियोगितामा लन्डनस्थित नेपाली दूतावासका उपनियोग प्रमुख शरदराज आरण, एनआरएनए युरोप संयोजक कुल आचार्य, पूर्व मिस नेपाल एवं इभेन्टकी कोरियोग्राफर माल्भिका सुब्बा, पिपल मोर्गेजेजका निर्देशक सूर्यप्रकाश गुरुङ, तमुधिं यूके अध्यक्ष ज्ञाम गुरुङ, एनआरएनए यूके पूर्व अध्यक्ष एवं प्रतियोगिताका प्रमुख सल्लाहकार सूर्य गुरुङ, एनआरएनए यूकेका नव निर्वाचित अध्यक्ष योगकुमार फगामी, एनआरएनए हङकङकी अध्यक्ष टिका गुरुङ, एनआरएनए यूकेका नवनिर्वाचित उपाध्यक्षहरु सुशिला राई र पुनम गुरुङ, शान्ति थापा, समाजसेवी नन्दकुमारी गुरुङ, शान्ति गुरुङ, दिलरास गुरुङ, नायक अनुपविक्रम शाही, व्यवसायी विराज भट्ट, युवराज गुरुङ, प्रवेश केसी, निलम गुरुङ, जीब बेल्वासे, अमिता बेल्वासे, प्रसुना कंडेल, नेम थापा, डण्ड गुरुङ, सुनिल थोमस लगायतले पुरस्कार तथा सर्टिफिकेट प्रदान गरे ।
सन्तुलित कूटनीतिको आवश्यकता झनै बढेको छ : परराष्ट्रमन्त्री शिशिर खनाल [अन्तर्वार्ता]
इङ्ग्ल्यान्ड फिफा विश्वकप फुटबलको अन्तिम १६ मा प्रवेश
बीसीसी यूकेद्वारा डर्डल डोरमा एकदिने भ्रमण, च्योद् साधना सम्पन्न
भेनेजुएलामा शक्तिशाली भूकम्प : १ हजार ९४३ को मृत्यु पुष्टि, १० हजारभन्दा बढी घाइते [अपडेट]
राष्ट्रिय स्वतन्त्र पार्टीका पदाधिकारी र केन्द्रीय सदस्यको शपथग्रहण [निर्वाचितको सूचीसहित]
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
अभिव्यक्ति श्रृंखलामा स्रष्टा चिम्खोले काइँलाले सुनाए सृजना
राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए ? [सूची]
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु, ४ हजार ३०० भन्दा बढी घाइते [अपडेट]