लन्डन । गैर आवासीय नेपाली संघ बेलायत (एनआरएनए यूके) को नयां नेतृत्व चुन्न शनिबार गरिएको निर्वाचन सकिएको छ । बिहान ८ बजेदेखि शुरु मतदान कार्यक्रम सांझ ८ बजे शान्तिपूर्ण रुपमा सकिएको हो । लन्डनस्थित हयारो, प्लमस्टिड, अल्डरसट एवं लेस्टर गरि चार ठाउंमा राखिएका मतदान केन्द्रहरुमार्फत ७८.४ प्रतिशत मतदाताले उत्साहजनक रुपमा मतदान गरेका छन् ।
निर्वाचन समितिका सदस्य सचिव रामशरण सिम्खडाका अनुसार, हयारो बुथमा ५२३ (७७ प्रतिशत), प्लमस्टिडमा ४८८ (७२ प्रतिशत), अल्डरसटमा १३८२ (८० प्रतिशत) र लेस्टरमा ४८९ (८० प्रतिशत) मत खसेको छ ।
अल्डरसट बुथका लागि १७२६, लेस्टर ६०६, हयारो ६७३ र प्लमस्टिडमा ६७१ मतदाता लिस्टमा थिए ।
सिम्खडाले निर्वाचन गराउने चुनौतिपूर्ण कामलाई एक तहसम्म ल्याउन सफल भएको बताए ।
मतगणना मतपेटिका आइसकेपछि सम्भवतः मध्यरातदेखि शुरु गरिनेछ ।
नेपाली कांग्रेसका सभापति गगन थापाको राजीनामा अस्वीकृत
पोखरा विमानस्थल अनियमितताबारे २१ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर
नेपाल आदिवासी जनजाति महासंघको अध्यक्षमा निमा लामा ह्योल्मो निर्वाचित
एनबीसी यूकेले अपांग बालबालिकाको सहयोगार्थ १२ अप्रिलमा ‘शुभकामना साँझ’ गर्ने
बेलायतद्वारा अमेरिकालाई सैन्य सहयोग
बेलायती रक्षा मन्त्रालयमा चर्काचर्की
यी हुन् प्रतिनिधिसभा समानुपातिकतर्फ निर्वाचित ११० सांसदको नाम [सूची]
सुरेश सिंह धामीको उपचारमा नेपाल पत्रकार महासंघ बेलायतको आर्थिक सहयोग
एनआरएनए एकता महाधिवेशनले गैरआवसीय नेपालीलाई एक सूत्रमा बाँधेको छ : डा. केसी
श्रीलङ्कामा इन्धन सङ्कट, सरकारी कार्यालय बुधबार बन्द रहने