लन्डन । बेलायतको स्कटल्याण्ड राज्य अन्तर्गत ग्लास्गोमा २१ देखि २७ अगष्टसम्म ब्याडमिन्टन विश्व च्याम्पियनसिप ०१७ आयोजना गरियो । ब्याडमिन्टन वल्ड फेडेरेससनले उक्त प्रतियोगिता गरेको हो ।
उक्त च्याम्पियनसीपमा नेपाली खेलाडी त सहभागी हुन पाएनन् तर लाइन जज (निर्णायक) भने नेपाली थिए जो आकर्षणको केन्द्रमा रहे । नेपाल ब्याडमिन्टन संघका केन्द्रिय सदस्य र काठमाण्डौं ब्याडमिन्टन संघका अध्यक्ष दीपक थापा एसियाबाट आएका तीन लाइन जजमध्ये एक थिए । विश्वका ४० देशका खेलाडी सहभागी उक्त च्याम्पियनसीपमा नेपाली खेलाडी नपरेपनि अफिसियलका रुपमा भने नेपाल देशलाई चिनाएको थापाले बताए । ‘देशको नाम चिनाउनुका अलवा खेल व्यवस्थापन र इभेन्ट आयोजनाबारे धेरै नयां अनुभव ग्रहण गरेको छु’, थापाले लन्डन फर्किएर भने, ‘यहां सिकेको ज्ञान र अनुभव नेपालमा लगेर कार्यान्वयन गर्न पहल गर्नेछु ।’
रियो ओलम्पिक ०१६ मा सहभागी हुने पहिलो नेपाली निर्णायक थिए थापा । नेपालले ब्याडमिन्टन खेलमा दक्षिण एसियामा तेश्रो स्थान ओगटेको बताउंदै थापाले यस खेलमा प्रगति गरिरहेको जनाए । ‘हाम्रो खेल अवस्था सुधारोन्मुख छ, राज्यबाट उचित वातावरण र हौसला भए भविष्यमा नेपालले पनि विश्व च्याम्पियनसीपमा सहभागिता जनाउन सक्ने सम्भावना नभएको होइन्’, उनले भने ।
सन् १९७७ मा स्वीडेनको माल्मोमा पहिलो ब्याडमिन्टन विश्व च्याम्पियनसीप आयोजना गरिएको थियो । सन् १९८३ सम्म उक्त प्रतियोगिता प्रत्येक तीन वर्षमा गर्न थालियो भने त्यसपछि सन् २००३ सम्म प्रत्येक दुई वर्षमा । सन् २००५ देखि यस प्रतियोगिता वर्षेनी हुन थालेको छ ।
यसैबीच, थापाको सम्मानमा लन्डन साउथ हयारोस्थित माया पबमा बिहीबार एक कार्यक्रम गरिने भएको छ । पबका सञ्चालक सिद्धार्थ विक्रम क्षेत्रीले खेलाडी र अफिसियलको हौसलाका लागि सम्मान गर्न लागिएको बताए । यसअघि पांच पटकका राष्ट्रिय च्याम्पियन म्याराथन धावक भूमिराज राई र अफिसियलको पनि क्षेत्री लगायत समूहले सम्मान गरेको थियो । इकान्तिपुर
एनआरएनए यूकेले मे २५ मा जानकारीसभा तथा अन्तरक्रिया कार्यक्रम गर्ने
‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै, स्थानीयलाई नआत्तिन आग्रह
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
बेलायतमा ३२ ट्रेनिङ पार्टी क्यूजीईको वार्षिक भेटघाट [हेरौं १४ तस्बिर]