
लन्डन । लन्डन वीलवीचस्थित साउथ लन्डन एकेडेमीले सफोक युनिभर्सिटीका विभिन्न कोर्स पढाउने तयारी गरेको छ । मंगलबार एक औपचारिक समारोहबीच उक्त जानकारी दिइएको हो ।
आफ्नै भवनमा आयोजित कार्यक्रममा एकेडेमीले सफोक युनिभर्सिटीका विभिन्न डिग्री कोर्स सार्वजनिक गरेको छ । उक्त अवसरमा एकेडेमीका सिइओ राजन कंडेल तथा सफोक विश्वविद्यालयका अधिकारीहरुले आउंदो अक्टोबर सेसनबाट साउथ लन्डन एकेडेमीमा ती कोर्सहरु पठनपाठन सुरु हुने घोषणा गरे ।
एफडिए हेल्थ केयर प्राक्टिस (एक्युट केयर), एफडिए हेल्थ केयर प्राक्टिस (लङ टर्म केयर), बिए अनर्स विजनेस म्यानेजमेन्ट लगायतका युनिभर्सिटी कोर्स अब साउथ लन्डनमा अध्यापन गराइने छन् । आउंदो जनवरी सेसनबाट थप कोर्सहरु सञ्चालन हुनेछन् । यी कोर्सहरु सरकारबाट ‘फण्डेड’ भएकाले होम स्टुडेण्ट (बेलायतको स्थायी बसोबास अधिकार भएका विद्यार्थी) हरुको लागि ‘स्टुण्डेन्ट लोन’ को समेत व्यवस्था हुन्छ ।
कार्यक्रममा सफोक युनिभर्सिटीका डिपार्टमेन्ट अफ हेल्थ साइन्सेसका प्रमुख पल ड्रिस्कल इभानले युनिभर्सिटीको प्रत्यक्ष सहभागितामा नै यी कोर्सहरु सञ्चालन हुने जानकारी दिंदै युनिभर्सिटीका प्रोफेसरहरु नै साउथ लण्डन एकेडेमीमा आएर कक्षाहरु सञ्चालन गर्ने बताए । यी कोर्सहरुको सञ्चालनका लागि साउथ लण्डन एकेडेमीले युनिभर्सिटीकै स्टयाण्डर्डमा पूर्वाधारहरु तयार गरेको भन्दै उनले यसबाट स्थानीय विद्यार्थीहरुलाई लाभ पुग्ने विश्वास व्यक्त गरे ।
युनिभर्सिटीका इन्टरनेसनल एण्ड ईयू रिक्रुटमेन्ट म्यानेजर क्रिस्टोफर ग्यारेटले साउथ लण्डन एकेडेमीमा यी युनिभर्सिटी कोर्सहरु गर्ने विद्यार्थीहरुले सफोक युनिभर्सिटीको मुख्य क्याम्पसका सबै रिसोर्सहरुमा पनि पूर्ण पहुंच पाउने स्पष्ट पारे ।
साउथ लण्डन एकेडेमीका सिइओ राजन कंडेलले विभिन्न विश्वविद्यालयसंगको सहकार्यमा एकेडेमीलाई विस्तार गर्दै जाने सिलसिलामा सफोक युनिभर्सिटीका कोर्सहरु सुरु गर्न लागिएको बताए । एकेडेमीको नेपालस्थित सिस्टर अर्गनाइजेसन ब्रिटिश कलेजले काठमाडौंमै बेलायती डिग्रीहरु सञ्चालन गरिरहेको स्मरण गराउंदै कंडेलले अब निकट भविष्यमा काठमाडौंमा बेलायती शैलीमा पढाइने स्कुल र दुबईमा एक कलेज सञ्चालन गर्न लागेको पनि जानकारी गराए ।
कार्यक्रमका विशेष अतिथी रोयल ग्रिनविच नेपाली सोसाइटीका अध्यक्ष हरिगोविन्द गुरुङले साउथ लण्डन एकेडेमीको योगदानबाट नेपालीहरु समेत लाभान्वित हुंदै आएको उल्लेख गर्दै थप सफलताको शुभकामना दिए ।
कार्यक्रममा बेलायतको नेपाली समुदायका विशिष्ट व्यक्तित्व, व्यवसायी तथा सञ्चारकर्मीहरुको उपस्थिति थियो । कार्यक्रममा उपस्थित विद्यार्थीहरुले साउथ लण्डन एकेडेमीमा सुरु हुन लागेका युनिभर्सिटीका कोर्सहरुबारे युनिभर्सिटीकै अधिकारीहरुबाट जिज्ञासा मेटाउने अवसर पाएका थिए ।
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिता : नेपालद्वारा भारत ९२ रनले पराजित
नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको निधन
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
नेपाल सरकार मन्त्रिपरिषद्द्वारा जेनजी आन्दोलनका मृतक ४५ जनालाई सहिद घोषणा [नामावलीसहित]
दोलखा रोल्वालिङ हिमपहिरो : एक विदेशीसहित ३ जनाको मृत्यु, ५ जनाको उद्धार, ७ अझै बेपत्ता
नेपाली राजदूतहरुलाई मन्त्रालयमै कामकाज गर्नेगरी फर्काउन सरकारको पत्राचार
एनआरएनए महिला विभागद्वारा जेनजी आन्दोलनपछि नेपालमा डायस्पोराको भूमिका विषयक अन्तरक्रिया
पद सम्हालेको एक वर्ष नपुग्दै बेलायतका लागि नेपाली राजदूत घिमिरे स्वदेश फिर्ता