लन्डन । ग्रेटर रसमोर नेपाली कम्युनिटीको ७ औं कार्यसमितिको पहिलो बैठक सम्पन्न भएको छ । संस्थाका अध्यक्ष जीव बेल्बासेको अध्यक्षतामा बैठक सम्पन्न भएको हो । बैठकले विभिन्न महत्वपूर्ण निर्णय गरेको छ ।
बैठकले नेपाली र स्थानीय समुदायबीच आपसी सद्भाव अभिवृद्धि गर्नका लागि आगामी ०८ अक्टोबरमा गरिने १० किलोमिटर रन र २ किलोमिटर फन रन, लागू औषध एवं मादक पदार्थ दुव्र्यसन शिक्षा विषयक कार्यक्रम, भेट्रान गतिविधि, स्थानीय काउन्सिल र प्रहरीसंगको त्रैमासिक बैठक, नेपाली नयां वर्ष, भिक्टोरिया डे, नारी दिवसका अवसरमा गरिने कार्यक्रम, कम्युनिटी भवन, नेपाली कक्षा सञ्चालन, ट्रष्टी लगायत विषयमा महत्वपूर्ण निर्णय गर्दै सल्लाहकारको समेत टुंगो लगाएको छ ।
बैठकले सम्पूर्ण सल्लाहकारहरुलाई आगामी ३१ अगष्ट २०१७ सांझ १८.३० बजे रसमोर बरो काउन्सिलको चेम्बर हलमा स्वागत गर्ने तय गरेको छ ।
कम्युनिटी भवन र नेपाली कक्षा सञ्चालनार्थ निवर्तमान अध्यक्ष ओम थापालाई संयोजक तोकिएको छ भने उनको सहयोगार्थ उपाध्यक्ष नेम थापा, क्याप्टेन राजु गुरुङ, क्याप्टेन महेन्द्र लिम्बु र हर्क गुरुङलाई चुनिएको छ ।
अनौपचारिक रुपमा पटक पटक पदाधिकारी बैठक बसी पूर्व तयारी गरिएकाले बैठक अत्यन्तै सौहाद्र र सफल भएको वरिष्ठ उपाध्यक्ष एवं भेट्रान फण्ड तथा नेपाली नयां वर्ष कार्यक्रमका संयोजक राम धन राईले बताए ।
संस्थाका सबैजसो सदस्यहरु सहभागी उक्त बैठकमा नयां मनोनित सांस्कृतिक सचिव दिनेश गुरुङ, सदस्य जुमकाजी गुरुङ, ध्रुव राई, जगन गुरुङ र हर्क गुरुङलाई अध्यक्ष जीव बेल्बासे र निवर्तमान अध्यक्ष ओम थापाले खादा लगाई स्वागत गरेका थिए ।
बैठक सञ्चालन महासचिव मान गुरुङ तथा सचिव युवन गुरुङले सम्पूर्ण प्रस्ताव र निर्णय लिपीवद्ध गरेका थिए ।
सन्तुलित कूटनीतिको आवश्यकता झनै बढेको छ : परराष्ट्रमन्त्री शिशिर खनाल [अन्तर्वार्ता]
इङ्ग्ल्यान्ड फिफा विश्वकप फुटबलको अन्तिम १६ मा प्रवेश
बीसीसी यूकेद्वारा डर्डल डोरमा एकदिने भ्रमण, च्योद् साधना सम्पन्न
भेनेजुएलामा शक्तिशाली भूकम्प : १ हजार ९४३ को मृत्यु पुष्टि, १० हजारभन्दा बढी घाइते [अपडेट]
राष्ट्रिय स्वतन्त्र पार्टीका पदाधिकारी र केन्द्रीय सदस्यको शपथग्रहण [निर्वाचितको सूचीसहित]
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
अभिव्यक्ति श्रृंखलामा स्रष्टा चिम्खोले काइँलाले सुनाए सृजना
राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए ? [सूची]
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु, ४ हजार ३०० भन्दा बढी घाइते [अपडेट]