लन्डन । तमु समाज केन्ट यूकेले वार्षिक समर भेटघाट कार्यक्रम भब्य रुपमा सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष बलराम गुरुङको संयोजन साथै प्रथम र द्वितीय उपाध्यक्षहरु क्रमशः सूर्यबहादुर गुरुङ र कमला गुरुङको सह-संयोजनमा आसफोर्डस्थित ग्रेट चार्ट पार्कमा कार्यक्रम भएको हो ।
मौसमले साथ नदिए पनि कार्यक्रमको सोभा बढाउन र थप आकर्षक बनाउनको लागी कार्य समितिको सक्रियतामा विविध रमाइला खेल र नाचगान समावेश गरिएको थियो । समितिकी सक्रिय सदस्य प्रेमकुमारी गुरुङ र मधु घले गुरुङको संयोजकत्वमा ‘राफल ड्र’ समेत गरिएको थियो । राफल ड्रमा प्रथम पुरस्कार आधा तोला सुन र अन्य आकर्षक पुरस्कार रहेको थियो । राफल ड्रका पुरस्कार विभिन्न ब्यक्तिले प्रायोजन गरेका थिए ।
कार्यक्रम सहज हुनेगरी जिम्मेवारी बाँडफाँड गरिएको थियो । जसअनुसार कार्यक्रम सन्चालक डेस्कमा महासचिव गोलमान गुरुङ र सचिव शेखर गुरुङ, टिकट बिक्रीमा कोषाध्यक्ष तारामणि गुरुङ र सहकोषाध्यक्ष कुमार गुरुङ, खाना तथा बीबीक्यूमा प्रेमकुमार गुरुङ, मनोरञ्जनमा सुमित्रा गुरुङ र पवित्र गुरुङ, चम्चा दौडमा प्रेमकुमारी गुरुङ र मधु घले गुरुङ, छेलो प्रतियोगितामा होम गुरुङ, थप सहयोगमा बल बीर गुरुङ, लोक गुरुङ, शोभाराज गुरुङ, दुध गुरुङ, नर गुरुङ, नारायण गुरुङ, शरिक गुरुङ, सोनाम गुरुङ साथै सम्पूर्ण कार्यसमिति खटिएको थियो ।
कार्यक्रममा नयाँ आजीवन सदस्यहरुलाई सदस्यता वितरण गरि खादाले स्वागत गरिएको थियो । साना साना बालबच्चाको लागि निशुल्क बाउन्सी क्यासल र खाना व्यवस्था गरिएको थियो ।
उक्त कार्यक्रममा भूपू अध्यक्ष शोभ राज गुरुङले गीत गाएर सबैलाई मन्त्रमुक्त बनाएका थिए । कार्यक्रमको अन्तमा सबैले नाचगान गरेका थिए ।
पोखरामा नेपाली कलालाई विश्वमाझ चिनाउन प्रदर्शनी : नेपाली ३३ र बेलायतसहितका १५ विदेशी कलाकारको सहभागिता
१६ जनवरीभित्र सदस्यता लिन गैरआवासीय नेपालीहरूलाई एनआरएनएको आग्रह
नेपाल सरकार श्रम मन्त्रालयद्वारा ‘इपिएस’ परीक्षा पास गरेकाका पक्षमा निर्णय
बेलायतसहित युरोपमा चिसोका कारण जनजीवन प्रभावित
ऊर्जामन्त्री कुलमान घिसिङद्वारा पदबाट राजीनामा
नेपालमा बुद्ध एयरको विमान विमानस्थलको रनवेमा चिप्लिएर दुर्घटना, यात्रु सकुशल
नेपाली बक्सिङ खेलका प्रथम ओलम्पियन नामसिंह थापा मगरको हङकङमा निधन
बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने
भेनेजुएलाको राजधानीमा विस्फोट, अमेरिकी हस्तक्षेपको आरोप, के-के छन् घटनाक्रम ?
स्विट्जरल्यान्डमा नयाँ वर्षको पार्टीका क्रममा रिसोर्टमा आगलागी, कम्तीमा ४० जनाको मृत्यु, १०० भन्दा बढी घाइते