लन्डन । तमु समाज केन्ट यूकेले वार्षिक समर भेटघाट कार्यक्रम भब्य रुपमा सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष बलराम गुरुङको संयोजन साथै प्रथम र द्वितीय उपाध्यक्षहरु क्रमशः सूर्यबहादुर गुरुङ र कमला गुरुङको सह-संयोजनमा आसफोर्डस्थित ग्रेट चार्ट पार्कमा कार्यक्रम भएको हो ।
मौसमले साथ नदिए पनि कार्यक्रमको सोभा बढाउन र थप आकर्षक बनाउनको लागी कार्य समितिको सक्रियतामा विविध रमाइला खेल र नाचगान समावेश गरिएको थियो । समितिकी सक्रिय सदस्य प्रेमकुमारी गुरुङ र मधु घले गुरुङको संयोजकत्वमा ‘राफल ड्र’ समेत गरिएको थियो । राफल ड्रमा प्रथम पुरस्कार आधा तोला सुन र अन्य आकर्षक पुरस्कार रहेको थियो । राफल ड्रका पुरस्कार विभिन्न ब्यक्तिले प्रायोजन गरेका थिए ।
कार्यक्रम सहज हुनेगरी जिम्मेवारी बाँडफाँड गरिएको थियो । जसअनुसार कार्यक्रम सन्चालक डेस्कमा महासचिव गोलमान गुरुङ र सचिव शेखर गुरुङ, टिकट बिक्रीमा कोषाध्यक्ष तारामणि गुरुङ र सहकोषाध्यक्ष कुमार गुरुङ, खाना तथा बीबीक्यूमा प्रेमकुमार गुरुङ, मनोरञ्जनमा सुमित्रा गुरुङ र पवित्र गुरुङ, चम्चा दौडमा प्रेमकुमारी गुरुङ र मधु घले गुरुङ, छेलो प्रतियोगितामा होम गुरुङ, थप सहयोगमा बल बीर गुरुङ, लोक गुरुङ, शोभाराज गुरुङ, दुध गुरुङ, नर गुरुङ, नारायण गुरुङ, शरिक गुरुङ, सोनाम गुरुङ साथै सम्पूर्ण कार्यसमिति खटिएको थियो ।
कार्यक्रममा नयाँ आजीवन सदस्यहरुलाई सदस्यता वितरण गरि खादाले स्वागत गरिएको थियो । साना साना बालबच्चाको लागि निशुल्क बाउन्सी क्यासल र खाना व्यवस्था गरिएको थियो ।
उक्त कार्यक्रममा भूपू अध्यक्ष शोभ राज गुरुङले गीत गाएर सबैलाई मन्त्रमुक्त बनाएका थिए । कार्यक्रमको अन्तमा सबैले नाचगान गरेका थिए ।
सन्तुलित कूटनीतिको आवश्यकता झनै बढेको छ : परराष्ट्रमन्त्री शिशिर खनाल [अन्तर्वार्ता]
इङ्ग्ल्यान्ड फिफा विश्वकप फुटबलको अन्तिम १६ मा प्रवेश
बीसीसी यूकेद्वारा डर्डल डोरमा एकदिने भ्रमण, च्योद् साधना सम्पन्न
भेनेजुएलामा शक्तिशाली भूकम्प : १ हजार ९४३ को मृत्यु पुष्टि, १० हजारभन्दा बढी घाइते [अपडेट]
राष्ट्रिय स्वतन्त्र पार्टीका पदाधिकारी र केन्द्रीय सदस्यको शपथग्रहण [निर्वाचितको सूचीसहित]
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
अभिव्यक्ति श्रृंखलामा स्रष्टा चिम्खोले काइँलाले सुनाए सृजना
राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए ? [सूची]
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु, ४ हजार ३०० भन्दा बढी घाइते [अपडेट]