लण्डन, २६ साउन । राष्ट्रिय अपराध अध्ययन गर्ने बेलायतको निकायले देशमा मानव बेचबिखन र आधुनिक दासप्रथा भनिने गरेभन्दा बढी रहेको जनाएको छ । उक्त संस्थाले मुलकभर ३०० प्रत्यक्ष प्रहरी अनुसन्धान भइरहेका पनि जनाएको छ ।
संस्थामा संलग्न अधिकारी विल केरले भन्नुभयो, ‘अनुसन्धान अधिकारीले १२ बर्षका बालबालिकासम्म पनि यौनजन्य शोषण वा बलपूर्वक श्रममा लगाइएका छन् ।’ पीडितहरूलाई गाडी सफा गर्ने, निर्माण श्रमिक, वेश्यालय तथा लागु औषध निर्माण गर्ने उद्योगमा प्रयोग गरिने गरिएको उहाँले बताउनुभयो ।
यस पहिलेका अनुसन्धानमा सोचिएभन्दा मानव कारोबार निकै ठूलो सङ्ख्यामा रहेको बताउँदै बिहीबार सञ्चारकर्मीसँगको कुराकानीमा केरले पीडितमा दासताका सङ्केतहरू जस्तैः देख्न सकिने शारीरिक घाउ, अस्वस्थता तथा खिन्नता र अर्कोको नियन्त्रणमा रहेका भाव झल्किने लक्षणबाट मिल्ने दावी गर्नुभयो ।
उहाँले आफ्नो संस्थाले आधुनिक दासतालाई नियन्त्रण गर्न सामाजिक तथा सार्वजनिक सचेतनाका कार्यक्रमका अभियानहरू सञ्चालन गरेको बताउनुभयो ।
सन्तुलित कूटनीतिको आवश्यकता झनै बढेको छ : परराष्ट्रमन्त्री शिशिर खनाल [अन्तर्वार्ता]
इङ्ग्ल्यान्ड फिफा विश्वकप फुटबलको अन्तिम १६ मा प्रवेश
बीसीसी यूकेद्वारा डर्डल डोरमा एकदिने भ्रमण, च्योद् साधना सम्पन्न
भेनेजुएलामा शक्तिशाली भूकम्प : १ हजार ९४३ को मृत्यु पुष्टि, १० हजारभन्दा बढी घाइते [अपडेट]
राष्ट्रिय स्वतन्त्र पार्टीका पदाधिकारी र केन्द्रीय सदस्यको शपथग्रहण [निर्वाचितको सूचीसहित]
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
अभिव्यक्ति श्रृंखलामा स्रष्टा चिम्खोले काइँलाले सुनाए सृजना
राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए ? [सूची]
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
बेलायतको प्रधानमन्त्रीको प्रतिक्षारत उम्मेदवारद्वारा आर्थिक एजेन्डा सार्वजनिक हुँदै