काठमाडौँ, १६ साउन । निर्वाचन आयोगले भरतपुर महानगरपालिका वडा नं १९ का सबै मतदान केन्द्रमा यथाशीघ्र पुनः मतदान गराउने मिति तोक्न चितवनका मुख्य निर्वाचन अधिकृतलाई निर्देशन दिएको छ ।
आयोगको आजको बैठकले उक्त वडाको मतदान हुने स्थान, मिति र समय तोक्न महानगरपालिका मुख्य निर्वाचन अधिकृतलाई निर्देशन दिने निर्णय गरेको प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिनुभयो । आयोगले निर्वाचनका लागि आवश्यक सुरक्षा व्यवस्था मिलाउन र मतदान सम्पन्न भई सबै मतदान केन्द्रबाट मतपेटिका प्राप्त भएपछि मतगणना गर्ने व्यवस्था मिलाउन पनि मुख्य निर्वाचन अधिकृतलाई निर्देशन दिइएको जनाएको छ ।
स्थानीय तहको पहिलो चरणको निर्वाचनअन्तर्गत गत वैशाख ३१ गते मतदान भई मतगणनाका क्रममा जेठ १५ गते मतपत्र च्यातिएपछि मतगणना स्थगन भएको थियो । उक्त घटनापछि सर्वाेच्च अदालतमा तत्काल मतगणना अघि बढाउन आदेश जारी गर्न माग गर्दै परेको रिट निवेदन अदालतले आइतबार खारेज गरी पुनः मतदान गराउने फैसला सुनाएको थियो । मतगणनाका क्रममा सो वडाको ९० मतपत्र च्यातिएका थिए । नेकपा(माओवादी केन्द्र)का तर्फबाट रेणु दाहाल र नेकपा(एमाले)का तर्फबाट देवी ज्ञवाली उक्त महानगरपालिका प्रमुखमा उम्मेदवार हुनुहुन्छ ।
एनआरएनएको नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन, को को परे ? [हेर्नुहोस् नामावली]
संसारभरका नेपाली मूलका मानिसलाई नेपाली पहिचान दिन एएनओको माग
सुरेश सिंह धामीको उपचारमा नेपाल पत्रकार महासंघ बेलायतको आर्थिक सहयोग
श्रीलङ्कामा इन्धन सङ्कट, सरकारी कार्यालय बुधबार बन्द रहने
एनआरएनए विश्व सम्मेलनको १२ बुँदे घोषणापत्र : लगानी, श्रमिक सुरक्षा र एकतामा जोड
एनआरएनए यूके अध्यक्ष गाहामगरद्वारा एनआरएनए १२ औं महाधिवेशन रोक्न माग गर्दै अदालत रिट दर्ता
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
एनआरएनएको नयाँ नेतृत्वका लागि डा. शर्मा, बज्राचार्य र शेरचनको उम्मेदवारी [सूची]
सुर्खेतमा बलात्कारपछि किशोरीको हत्या घटना : दोषीलाई कारबाही माग
नेपाल सरकार भन्छ – ‘पश्चिम एसियाबाट तत्कालै श्रमिक उद्धार गरिहाल्नुपर्ने अवस्था छैन’