
प्रधानमन्त्री शेरबहादुर देउवा र निर्वाचन आयोगका पदाधिकारीहरुबीच बिहीबार भएको दोस्रो चरणको स्थानीय तहको निर्वाचनसम्बन्धी छलफलपछि पत्रकारहरुलाई जानकारी गराउँदै प्रमुख निर्वाचन आयुक्त डा अयोधिप्रसाद यादव । तस्बिर ः रोशन सापकोटा, रासस
काठमाडौँ, १ असार । स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा सबै दलको सहभागिता सुनिश्चितताका लागि उम्मेदवार मनोनयन दर्ता मिति दुई दिनपछि सारिने भएको छ ।
प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आज सरकार र निर्वाचन आयोगका पदाधिकारीबीच भएको छलफलमा सरकारको आग्रहपछि दोस्रो चरणमा हुने स्थानीय तहको निर्वाचनको निर्धारित यही असार २ गतेको उम्मेदवार मनोनयन दर्ता मिति असार ४ गते सार्न आयोगले सहमति जनाएको हो ।
मन्त्रिपरिषद्बाट निर्णय भएर आएपछि त्यसबारेमा अघि बढ्ने बैठकपछि प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले बताउनुभयो । राष्ट्रिय जनता पार्टी नेपालले स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा सहभागिता जनाउने सङ्केत देखाएपछि सरकारले उम्मेदवार मनोनयन मिति यही असार ४ गते तोक्न आयोगलाई आग्रह गरेको थियो । बैठकमा सरकारले प्रदेश नं २ मा स्थानीय तहको निर्वाचन आगामी असोज २ गते तोक्न गरेको आग्रहका सम्बन्धमा भने आफूहरुको कुनै प्रतिक्रिया नरहेको उहाँले जानकारी गराउनुभयो ।
प्रदेश नं ३, ४ र ६ मा स्थानीय तहको निर्वाचन पहिलो चरणमा गत वैशाख ३१ गते सम्पन्न भइसकेको छ भने प्रदेश नं १, ५ र ७ मा यही असार १४ गते हुँदैछ । प्रदेश नं २ मा भने सरकारले राजपाको आग्रहअनुसार स्थानीय तहको निर्वाचन आगामी असोज २ गते तोक्ने निर्णय गरेको छ ।
एनआरएनएको नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन, को को परे ? [हेर्नुहोस् नामावली]
संसारभरका नेपाली मूलका मानिसलाई नेपाली पहिचान दिन एएनओको माग
सुरेश सिंह धामीको उपचारमा नेपाल पत्रकार महासंघ बेलायतको आर्थिक सहयोग
श्रीलङ्कामा इन्धन सङ्कट, सरकारी कार्यालय बुधबार बन्द रहने
एनआरएनए विश्व सम्मेलनको १२ बुँदे घोषणापत्र : लगानी, श्रमिक सुरक्षा र एकतामा जोड
एनआरएनए यूके अध्यक्ष गाहामगरद्वारा एनआरएनए १२ औं महाधिवेशन रोक्न माग गर्दै अदालत रिट दर्ता
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
एनआरएनएको नयाँ नेतृत्वका लागि डा. शर्मा, बज्राचार्य र शेरचनको उम्मेदवारी [सूची]
सुर्खेतमा बलात्कारपछि किशोरीको हत्या घटना : दोषीलाई कारबाही माग
बेलायती मन्त्री सीमा मल्होत्रासँग नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीको भेटवार्ता