
नुवाकोट, ४ जेठ । नुवाकोटको चार स्थानीय तहको अन्तिम परिणाम सार्वजनिक भएको छ । तीन स्थानीय तहमा नेपाली काँग्रेसका उम्मेदवार र एक स्थानीय तहमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । किस्पाङ गाँउपालिकाको अध्यक्षमा काँग्रेस उम्मेदवार छत्रबहादुर लामा दुई हजार ५६८ मत ल्याएर अध्यक्षमा र मायाँदेवी न्यौपाने दुई हजार ३९४ मत ल्याएर उपाध्यक्षमा निर्वाचित हुनुभएको छ ।
दुप्चेश्वर गाँउपालिकाको अध्यक्षमा योवीन्द्रसिंह लामा र उपाध्यक्षमा अञ्जु आचार्य विजयी हुनुभएको छ । अध्यक्षमा लामाले तीन हजार ५१४ मत र उपाध्यक्षमा आचार्यले तीन हजार ९४३ मत ल्याएर निर्वाचित हुनुभएको हो ।
यस्तै, तादी गाँउपालिकाको अध्यक्षमा काँग्रेसका उम्मेदवार नारायणप्रसाद पाण्डे र उपाध्यक्षमा इश्वरी उप्रेती विजयी हुनुभएको छ । अध्यक्ष पाण्डेले तीन हजार ९० मत र उपाध्यक्ष उप्रेतीले तीन हजार १५६ मत ल्याएर निर्वाचित हुनुभएको छ ।
यस्तै, तार्केश्वर गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । अध्यक्षमा रमेश वस्ती तीन हजार ६१६ र उपाध्यक्ष तारा रिमाल तीन हजार ५३५ मत ल्याएर निर्वाचित हुनुभएको हो । नुवाकोटमा रहेका १२ मध्ये बाँकी आठ स्थानीय तहमा मतगणना जारी छ ।
तनहुँ समाज हङकङले गर्यो मिर्गौला तथा क्यान्सर पीडितलाई आर्थिक सहयोग
राष्ट्रिय स्वतन्त्र पार्टीको उपसभापतिमा सोविता गौतम, महामन्त्रीमा विपिनकुमार आचार्य निर्वाचित
भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु, ४ हजार ३०० भन्दा बढी घाइते [अपडेट]
राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए ? [सूची]
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]