काठमाडौँ, ४ जेठ । नेपाली काँग्रेसले यही जेठ ३१ गते हुने दोस्रो चरणको निर्वाचनका लागि जेठ १२ गतेसम्म पार्टीका उम्मेदवारको टुङ्गो लगाउने भएको छ ।
काँग्रेस शीर्ष नेताको आज केन्द्रीय कार्यालयमा बसेको बैठकले दोस्रो चरणको निर्वाचनका लागि पार्टीको रणनीति तय गर्दै पार्टीका उम्मेदवारलाई आवश्यक तयारी गर्न सो निर्णय गरेको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।
बैठकले निर्वाचनमा सबैको सहभागिताका लागि आवश्यक वातावरण बनाउन पहल लिने निर्णय गरेको छ । काँग्रेसले व्यवस्थापिका–संसद्मा विचाराधीन संविधान संशोधनको प्रस्तावलाई पारित गरी मधेस केन्द्रित दललाई निर्वाचनमा सहभागिता गराउन अन्य दलसँग परामर्श गर्ने तयारी थालेको छ ।
बैठकमा निर्वाचनको मतगणनाबाट प्राप्त भइरहेको परिणामका बारेमा समीक्षा हुनाका साथै दोस्रो चरणको निर्वाचनमा अझ प्रभावकारी रुपमा तयारी थाल्नेबारेमा समेत छलफल भएको पार्टीका महामन्त्री डा शशाङ्क कोइरालाले जानकारी दिनुभयो ।
काँग्रेस नेतृत्वमा सरकार गठन गर्ने सम्बन्धमा छलफल भएको जानकारी दिँदै महामन्त्री कोइरालाले काँग्रेस र नेकपा (माओवादी केन्द्र) बीच यसअघि भएको समझदारीअनुसार नै सभापति शेरबहादुर देउवाको नेतृत्वमा नयाँ सरकार गठन हुने अपेक्षा गर्नुभयो ।
काँग्रेसले हाल प्राप्त भइरहेको मतपरिणामलाई सोचेको जति राम्रो नभएको निष्कर्ष निकाल्दै आगामी निर्वाचनमा अझ राम्रो परिणाम ल्याउने गरी तयारी गर्न पार्टीका सबै संयन्त्र र भ्रातृ एव्म शुभेच्छुक संस्थालाई निर्देशन दिएको छ ।
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
क्यान्सरपीडित पत्रकार सेर्मालाई पाँचथर समाज सेवा यूकेबाट २ लाख ४८ हजार सहयोग