सल्लेरी (सोलुखुम्बु), १२ वैशाख । विश्वको सर्वोच्च शिखर सगरमाथा क्षेत्रमा फोहोरको मात्रा बढेपछि पर्यटन व्यवसायीले चिन्ता व्यक्त गर्न थालेका छन् ।
सगरमाथाको फोहोर व्यवस्थापनको जिम्मा पाएको सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपीपीसी)ले जिम्मेवारी पूरा नगर्दा फोहोर बढेको भन्दै व्यवसायी चिन्तित बनेका हुन् ।
कस्मो ट्रेक प्रालिमार्फत सगरमाथा आरोहणको तयारीका लागि क्याम्प– २ मा पुग्नुभएका किताबसिंह तामाङले उक्त क्षेत्रमा फोहोरको मात्रा बढेको बताउनुभयो । फलामको डन्डी, सिसा, बोतललगायत फोहोर जताततै रहेको उहाँले बताउनुभयो ।
समिट नेपाल ट्रेक प्रालिका पथप्रदर्शक दावा तामाङ आरोहीलाई सामग्री भन्दा पनि आफू कसरी सकुशल फर्कने भन्ने हतारका कारण फोहोरको मात्रा बढेको बताउनुहुन्छ । सम्बन्धित निकायले समयमै सफा गर्न ध्यान नदिए पर्यटनमा असर पुग्ने उहाँको भनाइ छ ।
आरोही र कामदारले फोहोरलाई आफैँले फिर्ता ल्याउनुपर्ने पर्वतारोहण नियमावलीमा उल्लेख छ । नष्ट गर्न सकिने, पुनः प्रशोधन गर्न सकिने, र पुनः निकासी गर्नुपर्ने गरी फाहोरलाई तीन भागमा वर्गीकरण गरिएको छ । क्याम्प १ भन्दामाथी रहेको फोहोर सगरमाथा आधार शिविर ल्याएर जलाउनुपर्ने, पुनःप्रशोधन गर्न सकिने फोहोर काठमाडौँ महानगरपालिकामा लगेर बुझाउनुपर्ने तथा पुनः निकासी गर्नुपर्ने भए सम्बन्धित आरोहीले आफ्नो देशमा फिर्ता लैजानु पर्ने कानुनी प्रावधान छ ।
यस क्षेत्रको फोहोरमैला व्यवस्थापन गर्नका लागि २०५४ सालदेखि सगरमाथा प्रदूषण नियन्त्रण समितिले प्रतिआरोही ६०० डलर लिने गरेको छ । उक्त शुल्कबाट शौचालय निर्माणदेखि फोहोर सङ्कलन केन्द्र स्थापना गर्ने गरिएको छ । तर सो समितिले फोहोरको व्यवस्थापनमा ध्यान नदिएको आरोहीको आरोप छ ।
सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपीसीसी)का अध्यक्ष आङदोर्जे शेर्पा आधारशिविरभन्दा माथिको फोहोर सङ्कलनको जिम्मा समितिको नभएको बताउनुहुन्छ । प्रत्येक आरोही र कामदारलाई आठ किलोग्राम फोहोर आधारशिविरसम्म ल्याउन लगाउने र क्याम्प २ मा कर्मचारी राखेर अनुगमन गरी प्रदूषण गर्नेलाई कारबाही गर्ने गरिएको उहाँको दाबी छ ।
पर्यटन विभागले क्याम्प २ देखि चुचुरोसम्मको बाटो सरसफाइ गर्नका लागि पर्वतारोही सञ्चालक सङ्घलाई जिम्मा दिएको छ । तर, त्यसको कार्यान्वयन नहुंदा समस्या भएको हो ।
निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापनमा रोक लगाउने निर्णयमा नेपाल पत्रकार महासङ्घको आपत्ति
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
नेकपा एमाले संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’ निर्विरोध
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
विदेशी ऋणबाट होइन जनताको विश्वासबाट हुन्छ विकास
नेपाल सरकार मन्त्रिपरिषद्को पहिलो बैठक : जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय
पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पक्राउ