काठमाडौं। नेपाल मलेसियामा भएको आइसिसी डिभिजन थ्री लीगमा च्याम्पियन भएको छ । मलेसियाको किन्नरारा ओभलमा भएको फाइनल खेलमा युगान्डालाई ६२ रनले पराजित गर्दै नेपाल च्याम्पियन बनेको हो। नेपालले प्रस्तुत गरेको २ सय २४ रनको लक्ष्य पछ्याएको युगान्डाले ४४ ओभर १ बलमा अल आउट हुँदै १ सय ६१ रन मात्रै बनाउन सक्यो।
फाइनलमा भुवन कार्कीले ४, बसन्त रेग्मीले २, शक्ति गौचन, सोमपाल कामी र सागर पुनले एक एक विकेट लिए । युगान्डाका एक खेलाडी रन आउट भए। प्रतिउत्तर ब्याटिङ गरेको युगान्डाका रोजर मुकासाले सबैभन्दा धेरै ५१ रन बनाएका छन्।
नेपालका तीन खेलाडीले अर्ध शतक प्रहार गरेपछि आइसिसी डिभिजन थ्री क्रिकेटको फाइनलमा नेपालले युगान्डालाई २ सय २४ रनको लक्ष्य प्रस्तुत गरेको छ। निर्धारित ५० ओभरको खेलमा १ बल बाँकी छदै नेपाल २ सय २३ रनमा अल आउट भयो।
खेलमा नेपालका सागर पुन, नरेश बुढाऐर र ज्ञानेन्द्र मल्लले अर्ध शतक प्रहार गरेका थिए । पुनले ६४, बुढाऐरले ५२ र मल्लले ५६ रन बनाए । युगान्डाका रोजर मुकासाले ३ ओभर ५ बल बलिङ गर्दै २७ रन दिएर नेपालको ६ विकेट हात पारे।
टस जितेर ब्याटिङको निर्णय गरेको नेपालका लागि पारस खड्काले १३ रन पछि अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्। बिनोद भण्डारी ९, अरिफ शेख ८, बसन्त रेग्मी २, महमुद अलाम ६, सोमपाल कामी ७ र बसन्त गौचन शुन्य रनमा आउट भए।
डिभिजन थ्रीको फाइनलमा प्रवेश गरेका दुई टोली डिभिजनमा बढुवा भैसकेको छ। डिभिजन टुको प्रतिस्पर्धा आगामी जनवरीमा नामिबियामा हुने छ। च्याम्पियन नेपाली टोली शुक्रबार मध्यान्ह स्वदेश फर्किने छ।
मित्र राष्ट्रसँगको सम्बन्ध अझ सुदृढ बनाउन सरकार उत्सुक छ : प्रधानमन्त्री शाह
पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र पूर्वपरराष्ट्रमन्त्री डा.आरजु राणाविरुद्ध पक्राउ पुर्जी जारी
प्रवासी नेपाली सम्पर्क मञ्च बेलायतद्वारा नेपाल सरकारलाई ९ बुँदे ज्ञापनपत्र, के-के छन् माग ?
अमेरिका र इरानबीच दुई साताका लागि युद्धविराम गर्ने सहमति
एनआरएनए–ईक्यान सहकार्य: विदेश जाने विद्यार्थीका लागि क्यारियर पोर्टलदेखि अभिमुखीकरण सुदृढीकरणसम्म
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
एनआरएनएले प्रवासी नेपाली श्रमिकका लागि १० अप्रिलमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम गर्ने
नेपालका परराष्ट्रमन्त्री खनालसँग एनआरएनए प्रतिनिधिमण्डलको भेट, नागरिकता निरन्तरताको माग