
काठमाडौँ, ३० चैत । स्थानीय तहको निर्वाचनमा काठमाडाँै जिल्लाबाट ७१२ जनप्रतिनिधि चयन हुने भएका छन् ।
काठमाडौँ महानगरपालिका र १० नगरपालिकाबाट ७१२ जना जनप्रतिनिधि चयन गरिने जिल्ला निर्वाचन अधिकरी चन्द्र गौतमले जानकारी गराउनुभयो ।
उहाँका अनुसार महानगर र १० नगरपालिकाका १३८ वडामा एक-एकजना मेयर, उपमेयर वडा अध्यक्ष र चार सदस्य निर्वाचित हुने छन् ।
मेयर र उपमेयरमध्ये एक जना महिला तथा चार सदस्यमा एक-एक जना महिला र दलित महिला निर्वाचित हुने छन् ।
उहाँका अनुसार सबभन्दा बढी काठमाडौँ महानगरपालिकामा १६२ जना प्रतिनिधि चुनिने भएका छन् । काठमाडाँै महानगरमा ३२ वडा रहेका छन् ।
यसैगरी चन्द्रागिरिबाट ७७, बुढानिलकण्ठ ६७, तारकेश्वरबाट ५७, साँखुबाट ५७, कीर्तिपुर र नार्गाजुनबाट ५२-५२, तथा कागेश्वरी, गोकणेश्वर शङ्खरापुर र दक्षिणकाली नगरपालिकाबाट ४७-४७ जना प्रतिनिधि चयन हुनेछन् ।
दुबई विमानस्थल नजिक ड्रोन आक्रमण, उडान सेवा प्रभावित
साउथ ईष्ट लन्डनमा ‘मिलारेपा’ मञ्चन हुँदै, निर्देशक बुद्धि तामाङ उपस्थित हुने
अमेरिकासँग तत्काल वार्ताको सम्भावना नभएको इरानी कुटनीतिज्ञको भनाइ
एनआरएनए अध्यक्षमा यूके निवासी डा. हेमराज शर्मा निर्विरोध
एनआरएनए निर्वाचनमा सहमतिमै नेतृत्व चयन गर्ने प्रयास
नेपालको प्रतिनिधिसभामा आदिवासी जनजातिबाट ३२ जना निर्वाचित, कुन दलबाट कति ?
एनआरएनए यूके अध्यक्ष गाहामगरद्वारा एनआरएनए १२ औं महाधिवेशन रोक्न माग गर्दै अदालत रिट दर्ता
एनआरएनएको नयाँ नेतृत्वका लागि डा. शर्मा, बज्राचार्य र शेरचनको उम्मेदवारी [सूची]
नेपालमा प्रतिनिधिसभा निर्वाचन : समानुपातिकतर्फ एक करोड तीन लाख मतगणना सकियो
नेपालमा प्रतिनिधिसभा निर्वाचन : प्रत्यक्षतर्फ सबै नतिजा सार्वजनिक, कुन दलका उम्मेदवारले कहाँ जिते ? [नामावली]