
काठमाडौँ, २५ चैत । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मधेसवादी दलले मधेसका जनतालाई अल्मल्याइरहेको आरोप लगाउनुभएको छ ।
राष्ट्रिय जनसांस्कृतिक महासङ्घ नेपालको २९ औँ स्थापना दिवस तथा जनसांस्कृतिक पुरस्कार–२०७३ र जनसांस्कृतिक युवा पुरस्कार–२०७३ वितरण समारोहलाई आज यहाँ सम्बोधन गर्दै उहाँले भन्नुभयो – “देशलाई सङ्क्रमकालबाट पार लगाउन तीन तहको निर्वाचन गर्नुको सट्टा मधेसवादी दलले जनतामाझमा विभिन्न नचाहिने कुरा गरेर अल्मल्याइरहेका छन् ।”
अध्यक्ष ओलीले “देशलाई प्रतिकूल अवस्थामा धकेल्ने प्रयास भइरहेको तर एमालेले देशलाई पछाडि फर्काउन प्रयासलाई सफल हुन दिँदैन,” भन्दै देश गरिबी हुनु पर्ने कुनै कारण नभएको बताउनुभयो ।
यहाँका केही व्यक्तिका कारण देश गरिबी भएको उल्लेख गर्दै उहाँले हिजोको जस्तो चुनौती आजका दिनमा नभएको स्पष्ट पार्नुभयो ।
“हिजोको चुनौतीजस्तो आजका चुनौती सजिलैसँग समाधान गर्नेखालका छैनन्”, उहाँले भन्नुभयो – “पहिलेको जस्तो अबका दिनमा अलिअलि गल्ती गर्नुहुँदैन, देश बनाउनका लागि गति बढाउनुपर्दछ ।”
कार्यक्रममा अध्यक्ष ओलीले संस्कृतिविद् शङ्कर पोखरेल (मोरङ)लाई नगद रु २५ हजार राशिको जनसांस्कृतिक पुरस्कार–२०७३ र रु १५ हजार राशिको जनसंस्कृति युवा प्रतिभा पुरस्कार युवा नाट्यकर्मी रवि कार्की (म्याग्दी) लाई प्रदान गर्नुभयो ।
बेलायतको मूल्यवृद्धि दर स्थिर : तथ्यांक
यात्रा संस्मरण : पाँच दिनमा युरोपका पाँच देश पुग्दा
बेलायतमा प्यालेस्टाइन समर्थकहरू अदालतमा, आरोप अस्वीकार
विदेशबाट नेपालीले पठाए नेपालमा १ खर्ब ७७ अर्ब रेमिट्यान्स
किरात राई यायोक्खा दक्षिण कोरियाको अध्यक्षमा सन्तोष राई निर्वाचित
गोरखा राज्यमा धार्मिक सम्पदाहरुको संरक्षण (सन् १७९०—१८१६)
नेपालमा जेनजी आन्दोलन : नेपाली दूतावास लन्डन परिसरमा श्रद्धाञ्जलीसभा
नेपालमा सेप्टेम्बर ८ पछि भिसा सकिएका पर्यटकलाई भिसा निःशुल्क
बेलायतले भन्यो – ‘नेपालमा नयाँ अन्तरिम सरकार गठन महत्त्वपूर्ण कदम’
नेपालमा प्रतिनिधिसभा विघटन, निर्वाचन फागुन २१ गते बिहीबार [राष्ट्रपतिको विज्ञप्तिसहित]