
फागुपूर्णिमाको अवसरमा काठमाडौँको ठमेलमा आइतबार होली खेल्दै युवायुवती । तस्बिर ः प्रदीपराज वन्त, रासस
काठमाडौँ, २९ फागुन । ऐतिहासिकस्थल वसन्तपुर दरबार क्षेत्रमा हजारौँ नेपाली एकत्रित भएर प्रेम र सद्भावको शुभकामना साटेर हर्षोल्लासपूर्वक फागु मनाए ।
विभिन्न भाग भङ्गीमा अबिरले पोतिएका नारी पुरुष, बालक, वृद्धा कोही छुटेनन् आफ्ना सुरिला गीत गुनगुनाउन । परम्परागत पोसाक होइन ‘ह्याप्पी होली’ लेखिएका श्वतेवस्त्रधारीको चहलपहल नयाँसडकदेखि नै लर्को लागेको थियो ।
‘ह्याप्पी होली टि सर्ट’ ले बजार तताएको प्रमाण भद्रकालीबाट वसन्तपुर हिँडेका ‘टिनएजर’ हेर्दा देखिन्थ्यो । रातोभन्दा कालो पोतिएर बिरुप भएकाहरुको होली अर्कै थियो ।
‘खोई त मलाई झुम्के बुलाकी..’ समूहमा गाउँदै हिँडेका किशोरीदेखि नाम चलेका नेपाली समाजका संस्कृतिप्रेमी कलाकारका विविध प्रस्तुतिले वसन्तपुर क्षेत्रलाई होलीमय बनायो । पर्यटक, फोटो पत्रकार, सर्वसाधारणको गन्तव्य बनेका वसन्तपुर र हनुमानढोका दरबार क्षेत्र उल्लासमय रहयो ।
तनहुँ समाज हङकङले गर्यो मिर्गौला तथा क्यान्सर पीडितलाई आर्थिक सहयोग
राष्ट्रिय स्वतन्त्र पार्टीको उपसभापतिमा सोविता गौतम, महामन्त्रीमा विपिनकुमार आचार्य निर्वाचित
भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु, ४ हजार ३०० भन्दा बढी घाइते [अपडेट]
राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए ? [सूची]
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]