काठमाडौँ, २४ फागुन । गृह मन्त्रालयले सप्तरीका प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा निकायका प्रमुखलाई फिर्ता बोलाएको छ ।
मन्त्रालयका प्रवक्ता बालकृष्ण पन्थीले सप्तरीको अवस्था असहज भएकाले उनीहरुलाई फिर्ता बोलाएर नयाँ टोली पठाउन लागिएको जानकारी दिनुभयो । उहाँले नयाँ टोली पठाउनका लागि गृहकार्य भइरहेको र आज नै पठाउने तयारी भइरहेको बताउनुभयो ।
सप्तरीका प्रजिअ उद्धव तिमिल्सिना, नेपाल प्रहरीका उपरीक्षक दिवस लोहनी र सशस्त्र प्रहरी बलका उपरीक्षक जयबहादुर खड्कालाई फिर्ता बोलाइएको हो । सोमबार नेकपा(एमाले)ले आयोजना गरेको मेचीमहाकाली अभियानमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले अवरोध गर्दा प्रहरीसँगको झडपमा गोली लागी मोर्चाका तीन कार्यकर्ताको मृत्यु भएको थियो ।
यसैबीच उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले नेपाल प्रहरीका निमित्त महानिरीक्षक डा दिनेशचन्द्र पोखरेल, सशस्त्र प्रहरीका महानिरीक्षक सिंहबहादुर श्रेष्ठ, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख दिलीप रेग्मीलगायतलाई बोलाएर सप्तरी घटनाबारे जानकारी लिँदै आगामी दिनमा बल प्रयोग गर्दा सचेत हुन निर्देशन दिनुभयो ।
नेपालमा प्रतिनिधिसभा निर्वाचन परिणाम : रास्वपा ११, कांग्रेस ४ र नेकपा २ स्थानमा निर्वाचित
रसुवामा नेपाली कांग्रेसका मोहन आचार्य निर्वाचित
काठमाडौँ–३ मा रास्वपाका राजुनाथ पाण्डे विजयी
मनाङमा नेपाली कांग्रेसका टेकबहादुर गुरुङ विजयी
काठमाडौँ ६ मा रास्वपाका शिशिर खनाल र काठमाडौं ८ मा विराजभक्त श्रेष्ठ निर्वाचित
पाँचथर समाज सेवा यूकेले मे २ मा १३ औं संस्करणको पाँचथर कप आयोजना गर्ने
तेहरानमा इजरायली आक्रमण, क्षेत्रीय तनाव चुलियो
इजरायल र इरानमा रहेका नेपालीलाई सावधानीका उपाय अपनाउन नेपाल सरकारको अनुरोध
मध्यपूर्वमा रहेका नेपालीलाई उच्च सतर्कता अपनाउन एनआरएनएको आग्रह
इरानका सर्वोच्च नेता खामेनीको मृत्यु, वार्तामा फर्किन बेलायतका प्रधानमन्त्रीलगायतको आग्रह