काठमाडौँ, २४ फागुन । गृह मन्त्रालयले सप्तरीका प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा निकायका प्रमुखलाई फिर्ता बोलाएको छ ।
मन्त्रालयका प्रवक्ता बालकृष्ण पन्थीले सप्तरीको अवस्था असहज भएकाले उनीहरुलाई फिर्ता बोलाएर नयाँ टोली पठाउन लागिएको जानकारी दिनुभयो । उहाँले नयाँ टोली पठाउनका लागि गृहकार्य भइरहेको र आज नै पठाउने तयारी भइरहेको बताउनुभयो ।
सप्तरीका प्रजिअ उद्धव तिमिल्सिना, नेपाल प्रहरीका उपरीक्षक दिवस लोहनी र सशस्त्र प्रहरी बलका उपरीक्षक जयबहादुर खड्कालाई फिर्ता बोलाइएको हो । सोमबार नेकपा(एमाले)ले आयोजना गरेको मेचीमहाकाली अभियानमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले अवरोध गर्दा प्रहरीसँगको झडपमा गोली लागी मोर्चाका तीन कार्यकर्ताको मृत्यु भएको थियो ।
यसैबीच उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले नेपाल प्रहरीका निमित्त महानिरीक्षक डा दिनेशचन्द्र पोखरेल, सशस्त्र प्रहरीका महानिरीक्षक सिंहबहादुर श्रेष्ठ, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख दिलीप रेग्मीलगायतलाई बोलाएर सप्तरी घटनाबारे जानकारी लिँदै आगामी दिनमा बल प्रयोग गर्दा सचेत हुन निर्देशन दिनुभयो ।
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
क्यान्सरपीडित पत्रकार सेर्मालाई पाँचथर समाज सेवा यूकेबाट २ लाख ४८ हजार सहयोग
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने