लन्डन । सफल उद्यमी तथा पर्यटन ब्यवसायी कर्ण शाक्य एक कुशल लेखक र उत्प्रेरक पनि हुन् । उनको सर्वाधिक सफल पुस्तक सोचको कथामा आधारित रहेर चलचित्र निर्माण देखि विभिन्न प्रेरणा, हौसला र सकारात्मक भावनाका कार्यक्रम हुंदै आएका छन् । उनको सोच, खोज हुंदै मोज नामक पुस्तकहरु चर्चित छन् । उनले कर्ण शाक्य सकारात्मक कोष नामक कल्याणकारी कोष सञ्चालन गरेर अभियान पनि चालेका छन् । सकारात्मक सोचको पुस्तकले दिएको सफलतापछि हालै उनी सोच समूह गठन गरि सकारात्मक उर्जा प्रसार गर्ने अभियानमा लागेका छन् ।
सकारात्मक सोचले व्यक्ति, समाज हुंदै देशमा परिवर्तन ल्याउने उद्देश्यले सुरु भएको अभियान अन्तर्गत ‘बेलायत सोच समूह’ को प्रथम भेला आगामी अप्रिल ९ मा लन्डनमा हुने भएको छ । उक्त समूहमा जुनसुकै पार्टी, जात वा धर्म मान्नेहरु आवद्ध हुन सक्ने र समूहको जात, पहिचान, धर्म र कर्म मात्र नेपाली हुने भेलाको संयोजन गरिरहेका जगन कार्कीले बताए ।
भेला लन्डन साउथ हयारोस्थित रोक्सिथ पार्कमा हुने जनाउंदै कार्कीले इच्छुकलाई उपस्थितिका लागि अनुरोध गरेका छन् ।
प्रथम भेलाले संयोजक चन्ने र मासिक रुपमा चक्रीय प्रणालीमा संयोजकको भूमिका परिवर्तन हुने बताउंदै कार्कीले प्रथम भेलामा कर्ण शाक्यलाई पनि बोलाएर सकारात्मक सोच र उद्यमबारे छलफल गर्ने प्रयास भइरहेको बताए ।
सकारात्मक सोच हरेक दल, जात, क्षेत्र, धर्म लिंगका व्यक्तिमा जरुरी छ । वर्तमान परिवेशमा जात, क्षेत्र, धर्ममा विभाजन भएर विखण्डित समाजलाई सोच समूहले सकारात्मक भाव, कर्म मार्फत सह अस्तित्व स्थापित गराई एक सुत्रमा बांध्न सक्ने भएकाले आफू यो अभियानमा लागेको भेलाका मिडिया संयोजक बीरेन्द्र श्रेष्ठले बताए । अर्का सकारात्मक सोच अभियन्ता दिनेश परियारले भेलामा उपस्थित हुन सम्पूर्ण बेलायतवासी नेपालीलाई आव्हान गरेका छन् ।
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिता : नेपालद्वारा भारत ९२ रनले पराजित
नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको निधन
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
लन्डन जाने रेलमा छुरा प्रहार : ९ जना गम्भीर घाइते, दुई संदिग्ध पक्राउ
बेलायतसहित देशका नेपाली राजदूत फिर्ता बेलाउने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
नेपाल बाहिर रहेका नेपालीलाई मतदान अधिकार प्रदान गर्ने विषयमा छलफल
नेपाल सरकार मन्त्रिपरिषद्द्वारा जेनजी आन्दोलनका मृतक ४५ जनालाई सहिद घोषणा [नामावलीसहित]