लण्डन । काठमाडौं नागार्जुन हिल्सस्थित ओशो तपोवनका ध्यान प्रशिक्षक स्वामी आनन्द अर्हतले आधुनिक जीवन शैलीले मानिसमा तनाव बढाएको भन्दै खाने कुरा र काम गर्ने शैलीलाई व्यवस्थित गरेर तनाव घटाउन सकिने बताएका छन् ।
एबरडिनमा नेप्लिज हिमालयन एसोसिएसन स्कटल्याण्डद्वारा गत सप्ताहन्त आयोजित सत्संगमा बोल्दै स्वामी अर्हतले योग र ध्यानको नियमित अभ्यासबाट जीवनलाई सुखी र आनन्दित तुल्याउन सबैलाई आग्रह गरे ।
खासगरी पश्चिमा मुलुकहरुमा जीवन सहज रहेको तर नयाँ प्रविधिले मानिसलाई दास बनाउँदै लगेको उनको धारणा थियो । खासगरी किशोरकिशोरीहरुमा स्मार्ट फोनको लत बढेको र यसले गर्दा उनीहरुको निद्रा र पढाइमा समेत असर परिरहेको भन्दै उनले यस्ता समस्याहरुसंग जुध्न पश्चिमा विद्यालयहरुमा पनि अहिले बालबालिकालाई ध्यान र योग सिकाउन थालिएको जानकारी दिए ।
शिविरको दोश्रो दिन २९ जनवरीका दिन युनिभर्सिटी अफ एबरडिनको सभाकक्षमा आयोजित कार्यक्रममा स्वामी अर्हतले ध्यान तथा योगका दुई दर्जनभन्दा बढी विधि सिकाएका थिए । झण्डै चार घन्टा चलेको उक्त कार्यक्रममा उनले स्वस्थ शरीरका साथै मन स्वस्थ राख्न ध्यान अनिवार्य भएको बताए ।
कार्यक्रममा नेप्लिज हिमालयन एसोसिएसन स्कटल्याण्डका अध्यक्ष टक थापाले स्वामी अर्हत तथा सबै सहभागीहरुलाई धन्यवाद दिएका थिए ।
यसअघि स्वामी अर्हतले फार्नबरो, डार्टफोर्ड लगायतका स्थानहरुमा एक दिवसीय ध्यान तथा योग कक्षा सन्चालन गर्नुका साथै लण्डनस्थित बीबीसीको मुख्यालयमा सुखी र स्वस्थ जीवन जीउने तरिकाकाबारे व्याख्यान पनि दिएका थिए ।
नेपाली कांग्रेसको प्रतिज्ञापत्रमा गैरआवासीय नेपालीका मुद्दा
सहारा यूकेद्वारा तीन विद्यालयमा ९ लाख रुपैयाँको अक्षय कोष स्थापना
मार्सल ल प्रकरण : दक्षिण कोरियाका पूर्वराष्ट्रपति युन दोषी ठहर
बेलायतवासी आङ्बुहाङको काठमाडौंमा रहेको जग्गा नक्कली धनीपुर्जा बनाएर बेच्न खोज्ने तीन पक्राउ
एनआरएनए यूकेले चन्दा उठाएर नेपाल पठायो विद्यार्थी विवेकानन्द मण्डलको शव
एनबीसी यूकेले २२ फेब्रुअरीमा घरेलु हिंसाविरुद्ध सचेतनामूलक वेबिनार आयोजना गर्ने, देवमान र लक्ष्मी प्रमुख वक्ता
भूतपूर्व गोर्खा सैनिकहरुका माग सम्बोधन गर्न छलफल जारी : बेलायतको रक्षा मन्त्रालय
‘द भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापा मगरलाई
युरोप र बेलायतबीचको सम्बन्ध सुधारका लागि नेताहरूको जोड
पोखरा अन्तरराष्ट्रिय म्याराथनको उपाधि केन्याका जुलियसलाई