बँेसीसहर (लमजुङ), २२ माघ । सार्क राष्ट्रकै नमुना मानिएको घलेगाउँमा पर्यटकीय सङ्ग्रहालय निर्माण गरिएको छ । पर्यटकलाई थप आकर्षण गर्ने उद्देश्यले पर्यटकीय सङ्ग्रहालय निर्माण गरिएको हो ।
सङ्ग्रहालयमा स्थानीय गुरुङ संस्कृतिमा आधारित कला तथा वस्तु निर्माण गरिएका छन् । सङ्ग्रहालयमा गुरुङ संस्कारअन्तर्गत जन्मदेखि मृत्युसम्म प्रयोग गरिने विधि तथा सामग्री राखिएका छन् ।
“सङ्ग्रहालय गुरुङ संस्कार र सस्कृतिको खुला विद्यालय हो, यहाँबाट पर्यटकले हाम्रो संस्कार र संस्कृतिको बारेमा सजिलै थाहा पाउनेछन्,” घलेगाउँ ग्रामीण पर्यटन समितिका अध्यक्ष प्रेम घलेले भन्नुभयो ।
प्राकृतिक सौन्दर्य हेर्न तथा स्थानीय होमस्टेको अनुभव लिन देश विदेशबाट पर्यटक घलेगाउँ आउने गर्दछन् । सङ्ग्रहालय बनेपछि गुरुङ संस्कृति जान्न र अध्ययन गर्न चाहने देश विदेशका पर्यटक अझै थपिने अध्यक्ष घलेको विश्वास छ ।
घलेगाउँमा वार्षिक ३० हजार भन्दा बढी स्वदेशी तथा विदेशी पर्यटक आउने गर्दछन् । प्राकृतिक दृश्यावलोकन, होम स्टे, स्थानीय चिया बगानसँगै यहाँको आतिथ्यता यहाँका मुख्य पर्यटकीय आकर्षण हुन् ।
घलेगाउँमा निर्माण भएको पर्यटकीय सङ्ग्रहालय शनिबार उद्घाटन हुँदैछ ।
नेकपा एमाले संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’ निर्विरोध
क्यानाडामा नेपथ्यको शृङ्खलाबद्ध यात्रा : टोरन्टोको टिकट ‘सोल्ड आउट’
नेपालको न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल
क्रिमियामा सैन्य विमान दुर्घटना, २९ को मृत्यु
नेपालमा हवाई इन्धनको मूल्य बढ्यो, अमेरिकामा पेट्रोलको मूल्य सन् २०२२ यताकै उच्च
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः कांग्रेस सभापति थापा
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
नेपालको प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीद्वारा नवनिर्वाचित प्रतिनिधिसभा सदस्यलाई शपथ
नेपाल सरकार मन्त्रिपरिषद्को पहिलो बैठक : जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय