
विराटनगरस्थित सहिद रङ्गशालामा शुक्रबार आयोजित सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटन समारोहमा सहभागी राष्ट्रपति विद्यादेवी भण्डारी लगायत विशिष्ट अतिथिहरु । तस्बिरः प्रभाष चन्द्र झा, विराटनगर,रासस
विराटनगर, ८ पुस । राष्ट्रपति विद्यादेवी भण्डारीले आज विराटनगरस्थित सहिद रङ्गशालामा सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको भव्य समारोहबीच उद्घाटन गर्नुभयो ।
सो अवसरमा उहाँले खेलाडीलाई मर्यादित, अनुशासित भएर राष्ट्रको प्रतिष्ठामा वृद्धि गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्न आह्वान गर्नुभयो ।
विराटनगरको आदर्श र गौरवका रुपमा रहनुभएका कृष्णप्रसाद कोइराला र लोकतन्त्र स्थापनामा महत्वपूर्ण भूमिका निर्वाह गर्नुहुने अग्रज नेता बिपी कोइराला, मनमोहन अधिकारी, गिरिजाप्रसाद कोइराला र मदन भण्डारीको स्मरण गरी उच्च सम्मान प्रकट गर्नुहुँदै राष्ट्रपति भण्डारीले भन्नुभयो, “यसका साथै लोकतन्त्रको स्थापनामा बलिदान गर्नुभएका ज्ञात÷अज्ञात सहिदप्रति भावपूर्ण श्रद्धाञ्जलि अपर्ण गर्दछु ।”
पूर्वाञ्चलमा सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिता हुनु सुखद् पक्ष रहेको चर्चा गर्नुहुँदै राष्ट्रपति भण्डारीले भन्नुभयो, “सन् २०१८ मा जर्कातामा हुने एसियाली खेलकुद, सन् २०१९ मा आफ्नै मुलुकमा हुने दक्षिण एसियाली खेलकुद र सन् २०२० मा जापानको टोकियोमा हुने ओलम्पिक प्रतियोगिताका लागि यस प्रतियोगिताका माध्यमबाट खेलाडीको तयारीमा महत्वपूर्ण भूमिका हुन्छ ।”
विद्यालयदेखि विश्वविद्यालयसम्मको पाठ्यक्रममा खेलकुदलाई समावेश गर्न सुझाव दिनुहुँदै राष्ट्रपति भण्डारीले भन्नुभयो, “महिला, अल्पसङ्ख्यक र पिछडिएका वर्गका खेलाडीलाई विशेष प्रोत्साहन, श्रेष्ठ खेलाडीलाई रोजगार दिई खेलपछि जीवन निर्वाहको उचित प्रबन्ध मिलाउनु पर्दछ ।”
उहाँले भन्नुभयो, “हिमाल, पहाड र तराई हाम्रो जैविक विविधताले ज्यूँदो सङ्ग्रहालयका रुपमा रहेको कोसी टप्पु वन्युजन्तु आरक्षका दुलर्भ ‘अर्ना’ लाई प्रतियोगिताको मास्कटका रुपमा चयन हुनु नै यो प्रतियोगिता विविधतामा रमाइरहेको बोध हुन्छ ।”
सो अवसरमा युवा तथा खेलकुदमन्त्री दलजीत श्रीपाइलीले यस खेलकुदका माध्यमबाट पूर्वाञ्चलको सामाजिक, आर्थिक र पर्यटकीय क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।
यसअघि, पाँचवटै विकास क्षेत्रका साथै नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीका खेलाडीले ‘मार्चपास’ गरेका थिए । साथै नेवार, गनगाई, राजवंशी, किराती, मगर, थारु, उराव, दनुवार, गनगाई, थामी, भुजेललगायत एक दर्जनभन्दा बढी आदिवासी जनजातिको झाँकी प्रदर्शन भएको थियो ।
राप्रपा र राप्रपा नेपालबीच फेरि एकीकरणको सहमति
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
सहकारी ठगी मुद्दा : रास्वपा सभापति लामिछानेलाई रिहा गर्न अदालतको आदेश
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
रास्वपा सभापति रवि लामिछाने धरौटीमा रिहा