काठमाडौँ, १८ मङ्सिर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ले व्यवस्थापिका–संसद्मा दर्ता भएको संविधान संशोधनको प्रस्तावलाई प्रतिबद्ध भएर अगाडि बढाएर निष्कर्षमा पुरयाउने बताउनुभएको छ ।
नेपाल टेलिभिजनको “सीधाकुरा प्रधानमन्त्रीसँग” कार्यक्रममा आज साँझ उहाँले सबै राजनीतिक दलसँग निरन्तररुपमा छलफल भइरहेकाले प्रस्ताव निष्कर्षमा पुग्ने विश्वास व्यक्त गर्नुभयो । प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “अन्ततः मधेसी मोर्चा र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) सहमतिमा आउनै पर्छ, देशलाई निकास दिनैपर्छ ।”
संविधानको कार्यान्वयनका लागि पनि देशलाई निर्वाचनमा लैजानुपर्नेमा जोड दिँदै उहाँले देशको समस्या हल गर्नका लागि सहमतिबाटै अगाडि बढेर मात्र नेपाली समाजलाई स्थिरता दिन सकिने बताउनुभयो ।
संविधानको स्वीकार्यतालाई फराकिलो बनाउने उद्देश्यले मधेसी गठबन्धन र सत्ता साझेदार दलसँग छलफल भएर नै प्रस्ताव ल्याइएको बताउँदै प्रधानमन्त्री प्रचण्डले संशोधनको विरोधमा गम्भीरता कम भएको बताउनुभयो ।
उहाँले संशोधन प्रस्तावलाई सकेसम्म सर्वस्वीकार्य बनाउनका लागि पर्याप्त छलफल भएकाले क्षणिक राजनीतिक लाभका लागि नैतिकतालाई बन्धक बनाएर जनतालाई उचाल्न नहुने बताउनुभयो ।
समग्र मुलुकलाई एकताबद्ध गर्नका लागि संशोधन प्रस्ताव सही भएको बताउँदै प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “म जनताको भावनालाई सम्मान गर्छु, तर क्षणिक राजनीतिक लाभका लागि राजनीतिक दलका नेताले जनताको भावनालाई अनावश्यक उचाल्नु हुँदैन ।”
काठमाडौं थापाथलीको सुकुमवासी बस्ती हटाउन थालियो, बिहानैदेखि चल्यो डोजर
चार मिस नेपाल र दिल श्रेष्ठको जोडी ‘माया भनेकै यस्तो होला’ मा
पूर्वमन्त्री एवं राप्रपाका वरिष्ठ नेता विक्रम पाण्डेसहित दुई जना पक्राउ
नेपालको परराष्ट्र मन्त्रालयले भन्यो – ‘पश्चिम एसियाको द्वन्द्वपछि ३० हजार नेपाली स्वदेश फर्किए’
पुस्तक चर्चाः कामी शेर्पाका सगरमाथामा ६ पाइला
‘लिब्जु–भुम्जु पुरस्कार’ ऋषि र कमललाई
बेलायतमा नेपाल पहिल्यै लोकप्रिय : राजदूत रोर्वट फेन
बेलायतको साउथह्यारोमा नेपाली नयाँ वर्ष २०८३ भव्य रुपमा मनाइयो
नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले अदालतको फैसला स्वीकार गर्ने
सुरु भयो एनआरएनए र आईएलओको सहकार्यमा रणनीतिक क्षमता अभिवृद्धि कार्यशाला