
अख्तियार दुरुपायोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्की विरुद्धको मुद्दाको पेशी बुझ्न बिहीबार सर्वोच्च अदालतमा उपस्थित हुँदै । तस्बिर ःकालिका खड्का, रासस
काठमाडौँ, १६ मङ्सिर । सर्वोच्च अदालतले अख्तियार दुरुपायोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्धको मुद्दाको पेसी आगामी पुस ७ गतेका लागि सारेको छ ।
न्यायाधीश जगदीश शर्मा पौडेल, ईश्वरीप्रसाद खतिवडा र डा आनन्दमोहन भट्टराईको पूर्ण इजलासले कुनै पनि पक्षको अनुरोधमा पेसी स्थगन नगर्ने गरी पेसी सार्ने आदेश दिएको हो । कार्कीका तर्फबाट वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले स्वास्थ्यको कारण देखाई आजको पेसी स्थगन गर्न अनुरोध गर्नुभएको थियो । आदेशमा भनिएको छ, “पूर्ण इजलासबाट सुनुवाइ हुने विवादको सन्दर्भमा सामान्यतयाः पेशी स्थगन गर्नु मनासिब नहुने भएको हुँदा अबउप्रान्त विवादका सन्दर्भमा निवेदन वा विपक्षी कुनै पनि पक्षको अनुरोधका पेसी स्थगित नगरिने ।”
त्यस्तै संवैधानिक निकायका पदाधिकारीको नियुक्तिसम्बन्धी विवाद देखिँदा यसलाई लामो समयसम्म अनिर्णयको अवस्थामा राख्न उचित नहुने र सो विषयका सम्पूर्ण निवेदन साथै राखी हेरिने आदेशमा उल्लेख छ । कार्कीले अदालतमा अपराह्न करिब ३ः४५ बजे आएर आफैँले तोकिएको पेसी बुझ्नुभएको थियो ।
नेपालमा मन्त्रिपरिषद् विस्तार, परराष्ट्रमन्त्रीमा बालानन्द शर्मा नियुक्त
बुद्धि तामाङ निर्देशित नाटक ‘मिलारेपा’आगामी ८ मार्चमा बेलायतमा मञ्चन हुने
पेनिबा : युवाको प्रतिनिधि कथाहरू
राप्रपा र राप्रपा नेपालबीच फेरि एकीकरणको सहमति
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
नेपाली राजदूतावास लन्डनमा आइतबार विशेष योग ध्यान कार्यक्रम हुने