काठमाडाँै, १ मङ्सिर । संविधान संशोधनका विषयमा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) का शीर्ष नेतृत्वबीच कुराकानी भएको छ ।
व्यवस्थापिका–संसद् भवन नयाँबानेश्वरमा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहालका बीचमा आज अपराह्न सो विषयमा कुराकानी भएको थियो ।
उहाँहरुबीच करिब ४५ मिनेट भएको कुराकानी सकारात्मक रहेको भेटपछि प्रधानमन्त्री दाहालले सञ्चारकर्मीलाई सङ्क्षिप्त प्रतिक्रिया दिनुभयो ।
प्रधानमन्त्री दाहालले भन्नुभयो – “एमालेका अध्यक्ष ओलीजीसित संविधान संशोधनको विषयमा सकारात्मक रुपमा कुराकानी भयो । उहाँ यस विषयमा सकारात्मक देखिनुभएको छ ।”
मधेसी मोर्चाले संविधान संशोधनको प्रस्ताव १५ दिनभित्र व्यवस्थापिका–संसद्मा प्रस्तुत गर्न प्रधानमन्त्री दाहाललाई ‘अल्टिमेटम्’ दिएपछि सो विषयमा सहमति जुटाउन उहाँले सत्तारुढ घटक नेपाली काँग्रेस र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका शीर्ष नेतृत्वसँगको छलफललाई तीव्र बनाइरहनु भएको छ ।
मधेसी मोर्चाले सरकारलाई संविधान संशोधनको प्रस्ताव छिटो ल्याउन दबाब दिन व्यवस्थापिका–संसद्को बैठकसमेत बहिष्कार गर्दै आएको छ ।
तमु धीं यूकेले भव्य रुपमा मनायो ल्होछार
इराकमा कार्यरत नेपालीलाई अभिलेखीकरणमा ल्याउने नेपाल सरकारको निर्णय अत्यन्त स्वागतयोग्य : एनआरएनए
रास्वपा सभापति र काठमाडौं महानगर प्रमुखबीच राजनीतिक सहमति, भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह
जनवरी १ मा लन्डनमा टोपी दिवस मनाइने
नेपालमा सवा ९ लाख मतदाता थपिए
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक