भारतीय राष्ट्रपति मुखर्जीसँग सङ्घीय लोकतान्त्रिक मधेसी मोर्चासँग आबद्ध मधेसवादी राजनीतिक दलका नेताहरुले भेटवार्ता गर्नुभएको छ ।
नेपालको तीनदिने राजकीय भ्रमणमा रहनुभएका राष्ट्रपति मुखर्जीलाई उहाँ बस्दै आउनुभएको होटल ह्यातमा उहाँहरुले आज साँझ भेटवार्ता गर्नुभएको थियो ।
भेटका अवसरमा उहाँहरुले दुई देशबीचको सम्बन्ध, मधेसवादी दलको चासोका साथै नेपालको संविधानमा देखिएको त्रुटिलाई सच्याउन गर्दै आएको आन्दोलनका बारेमा राष्ट्रपति मुखर्जीलाई जानकारी गराउनुभएको थियो ।
भेटपछि नेपाल सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले नेपालको संविधान त्रुटिपूर्ण भएकाले त्यसलाई पूर्णता दिन आफूहरु लागिपरेको तथा त्यसमा भएका कमीकमजोरीलाई सच्याउन लामो सङ्घर्ष गर्नुपरेको जानकारी गराएको बताउनुभयो । सो अवसरमा तराई–मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर, सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, सङ्घीय समाजवादी पार्टीका अध्यक्ष शरदसिंह भण्डारी, मधेसी जनाधिकार फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादव, सङ्घीय सद्भावना पार्टीका अध्यक्ष अनिलकुमार झालगायतका नेताहरु सहभागी हुनुहुथ्यो ।
यसैबीच, मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदारले पनि राष्ट्रपति मुखर्जीसँग सोही होटलमा आजै साँझ शिष्टाचार भेट गर्नुभयो । भेटका अवसरमा राष्ट्रपतिको भ्रमणबाट नेपाल र भारतबीचको सम्बन्ध अझ सुदृढ होस् भनी आफूले शुभकामना व्यक्त गरेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “विगतमा नेपाल र भारतबीच देखिएको चिसोपना यो भ्रमणबाट मेटिनेछन् भन्ने कुरा बताएँ ।” राष्ट्रपति मुखर्जीले नेपालमा देखिएको राजनीतिलगायतका सबै समस्या सहमतिका आधारमा मिलेर समाधान होस् भनी शुभकामना व्यक्त गर्नुभएको उहाँले बताउनुभयो ।
सोही स्थानमा नेपाल परिवार दलका सांसद मिलन राजवंशीलगायतको टोलीले समेत राष्ट्रपति मुखर्जीसँग भेटघाट गरेको थियो ।
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन तथा विश्व सम्मेलनबारे नेपाल सरकारसँग छलफल
नेपालको प्रतिनिधिसभामा आदिवासी जनजातिबाट ३२ जना निर्वाचित, कुन दलबाट कति ?
बेलायतमा ईष्ट लन्डन महिला कम्युनिटीले ११५औँ अन्तर्राष्ट्रिय महिला दिवस मनायो
नेपालमा प्रतिनिधिसभा निर्वाचन : प्रत्यक्षतर्फ सबै नतिजा सार्वजनिक, कुन दलका उम्मेदवारले कहाँ जिते ? [नामावली]
सिरुबारी नाँसा बेलायतको भेटघाट कार्यक्रम सम्पन्न
एनआरएनएद्वारा मध्यपूर्वका नेपालीको सुरक्षा तथा आपतकालीन समन्वयका लागि सरकारको ध्यानाकर्षण
एनआरएनएको घोषित निर्वाचन कार्यतालिका तत्काल स्थगन गर्न शेरचनको माग
नेपालमा प्रतिनिधिसभा निर्वाचन मतगणना : रास्वपा ७२ र कांग्रेस ११ क्षेत्रमा विजयी [अपडेट]
नेपालमा प्रतिनिधिसभा निर्वाचनको ३९ क्षेत्रको मतपरिणाम सार्वजनिक, कुन दलबाट को विजयी ? [सूचीसहित]
नेपालमा प्रतिनिधिसभा निर्वाचन परिणाम : रास्वपा ११, कांग्रेस ४ र नेकपा २ स्थानमा निर्वाचित