भारतीय राष्ट्रपति मुखर्जीसँग सङ्घीय लोकतान्त्रिक मधेसी मोर्चासँग आबद्ध मधेसवादी राजनीतिक दलका नेताहरुले भेटवार्ता गर्नुभएको छ ।
नेपालको तीनदिने राजकीय भ्रमणमा रहनुभएका राष्ट्रपति मुखर्जीलाई उहाँ बस्दै आउनुभएको होटल ह्यातमा उहाँहरुले आज साँझ भेटवार्ता गर्नुभएको थियो ।
भेटका अवसरमा उहाँहरुले दुई देशबीचको सम्बन्ध, मधेसवादी दलको चासोका साथै नेपालको संविधानमा देखिएको त्रुटिलाई सच्याउन गर्दै आएको आन्दोलनका बारेमा राष्ट्रपति मुखर्जीलाई जानकारी गराउनुभएको थियो ।
भेटपछि नेपाल सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले नेपालको संविधान त्रुटिपूर्ण भएकाले त्यसलाई पूर्णता दिन आफूहरु लागिपरेको तथा त्यसमा भएका कमीकमजोरीलाई सच्याउन लामो सङ्घर्ष गर्नुपरेको जानकारी गराएको बताउनुभयो । सो अवसरमा तराई–मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर, सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, सङ्घीय समाजवादी पार्टीका अध्यक्ष शरदसिंह भण्डारी, मधेसी जनाधिकार फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादव, सङ्घीय सद्भावना पार्टीका अध्यक्ष अनिलकुमार झालगायतका नेताहरु सहभागी हुनुहुथ्यो ।
यसैबीच, मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदारले पनि राष्ट्रपति मुखर्जीसँग सोही होटलमा आजै साँझ शिष्टाचार भेट गर्नुभयो । भेटका अवसरमा राष्ट्रपतिको भ्रमणबाट नेपाल र भारतबीचको सम्बन्ध अझ सुदृढ होस् भनी आफूले शुभकामना व्यक्त गरेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “विगतमा नेपाल र भारतबीच देखिएको चिसोपना यो भ्रमणबाट मेटिनेछन् भन्ने कुरा बताएँ ।” राष्ट्रपति मुखर्जीले नेपालमा देखिएको राजनीतिलगायतका सबै समस्या सहमतिका आधारमा मिलेर समाधान होस् भनी शुभकामना व्यक्त गर्नुभएको उहाँले बताउनुभयो ।
सोही स्थानमा नेपाल परिवार दलका सांसद मिलन राजवंशीलगायतको टोलीले समेत राष्ट्रपति मुखर्जीसँग भेटघाट गरेको थियो ।
तमु धीं यूकेले भव्य रुपमा मनायो ल्होछार
इराकमा कार्यरत नेपालीलाई अभिलेखीकरणमा ल्याउने नेपाल सरकारको निर्णय अत्यन्त स्वागतयोग्य : एनआरएनए
रास्वपा सभापति र काठमाडौं महानगर प्रमुखबीच राजनीतिक सहमति, भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह
जनवरी १ मा लन्डनमा टोपी दिवस मनाइने
नेपालमा सवा ९ लाख मतदाता थपिए
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने