
नेपालको तीनदिने राजकीय भ्रमणमा रहनुभएका भारतका राष्ट्रपति प्रणव मुखर्जीसँग ह्यात होटलमा बिहीबार भेटवार्ता गर्नुहुँदै पूर्व राष्ट्रपति डा रामवरण यादव ।
काठमाडौँ, १८ कात्तिक । भारतका राष्ट्रपति प्रणव मुखर्जी र पूर्व राष्ट्रपति डा रामवरण यादवबीच आज यहाँ भेटवार्ता भयो ।
भेटका अवसरमा उहाँहरुबीच नेपाल–भारत सम्बन्धका विविध पक्षका साथै द्विपक्षीय हित र चासोका विषयमा छलफल भएको थियो ।
राष्ट्रपति मुखर्जी र पूर्व राष्ट्रपति यादवबीच व्यक्तिगत मित्रतासमेत रहेको छ । अध्ययनका क्रममा यादव कोलकातामा रहँदा मुखर्जीसँग मित्रता कायम भएको हो ।
राष्ट्रपति मुखर्जीबीच भेट
भारतका राष्ट्रपति मुखर्जीसँग पूर्व प्रधानमन्त्री तथा नेकपा (एमाले) का नेता माधवकुमार नेपालले आज शिष्टाचार भेट गर्नुभयो ।
पार्टीको वैदेशिक मामिला विभाग प्रमुखसमेत रहनुभएका नेता नेपाल र राष्ट्रपति मुखर्जीबीच आज हायात रिजेन्सी होटेलमा शिष्टाचार भेट भएको हो ।
नेकपा (एमाले) वैदेशिक मामिला विभागका सचिव यादवचन्द्र शर्माद्वारा जारी प्रेस विज्ञप्तिमा भेटका अवसरमा दुई नेताबीच दुबै मुलुकको आपसी हित र पारस्परिक चासोका विषयमा कुराकानी भएको जनाइएको छ ।
भारतीय राष्ट्रपतिले पूर्व प्रधानमन्त्री नेपाललाई भारत भ्रमणका लागि निमन्त्रणा पनि गर्नुभयो ।
नेता नेपालले दुई देशबीचको ऐतिहासिक सम्बन्धलाई आपसी हित प्रवद्र्धन र समृद्धिका लागि थप सुदृढ पार्नुपर्ने विचार भारतीय राष्ट्रपतिसामु राख्नुभएको थियो ।
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
तनहुँ समाज हङकङले गर्यो मिर्गौला तथा क्यान्सर पीडितलाई आर्थिक सहयोग
राष्ट्रिय स्वतन्त्र पार्टीको उपसभापतिमा सोविता गौतम, महामन्त्रीमा विपिनकुमार आचार्य निर्वाचित
भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु, ४ हजार ३०० भन्दा बढी घाइते [अपडेट]
राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए ? [सूची]