
नेपालको राजकीय भ्रमणमा रहनुभएका भारतका राष्ट्रपति प्रणव मुखर्जी बिहीबार आराध्यदेव पशुपतिनाथको विशेष पूजाअर्चना गर्न पुग्नुहुँदै । तस्बिर ः रत्न श्रेष्ठ, रासस
काठमाडौँ, १८ कात्तिक । भारतका राष्ट्रपति प्रणव मुखर्जीले पशुपति क्षेत्रका घाटको पुनःनिर्माणमा सहयोग गर्ने चाहना व्यक्त गर्नुभएको छ ।
पशुपतिनाथ मन्दिरमा पञ्चामृत अभिषेक र सवा लाख दीप प्रज्वलनसहितको विशेष पूजापछि पशुपति क्षेत्र विकास कोषको आगन्तुक पुस्तिकामा उहाँले लेख्नुभएको छ – “पशुपतिनाथ मन्दिर नेपाल र भारतका जनताका लागि समान श्रद्धाको केन्द्र हो ।”
नेपालको राजकीय भ्रमणको दोस्रो दिन आज बिहान पशुपतिनाथको दर्शनार्थ पुग्नुभएका राष्ट्रपति मुखर्जीले मन्दिरमा पुनः आउन पाएकामा आफू प्रसन्न रहेको उल्लेख गर्नुभयो । “पशुपतिनाथ मन्दिर सांस्कृतिक, धार्मिक र ऐतिहासिक महत्वको स्थान हो” आगन्तुक पुस्तिकामा उहाँले लेख्नुभएको छ ।
पुरातात्विक महत्वको पशुपतिनाथ मन्दिरमा विशेष पूजा गर्न पाउँदा आनन्दको अनुभूति गरेको राष्ट्रपति मुखर्जीले पुस्तिकामा उल्लेख गर्नुभएको छ ।
“नेपाल–भारत मैत्री पशुपतिनाथ धर्मशाला परियोजनाको स्थापनामा सहयोग गर्न पाउँदा भारत सरकारलाई खुसी लागेको छ, यो योजनाको अहिले कार्यान्वयन भइरहेको छ”– उहाँको मन्तव्यमा उल्लेख छ ।
अद्वितीय पशुपतिनाथ क्षेत्रको संरक्षण र सम्बद्र्धनमा सफलताको कामना पनि उहाँले गर्नुभएको छ । सात वर्षअघि आएका बेलामा भन्दा अहिले बागमती नदी सफा भएकामा राष्ट्रपति मुखर्जीले खुसी व्यक्त गर्नुभयो ।
पशुपति परिसरमा पुग्नुभएका राष्ट्रपति मुखर्जीलाई दीर्घायु र सुस्वास्थ्यको कामना गर्दै नेपाल वेद विद्याश्रमका ब्राह्मण वटुकले वैदिक मन्त्रोच्चारणले स्वागत गरेको कोषका सदस्य सचिव डा गोविन्द टण्डनले जानकारी दिनुभयो ।
“राष्ट्रपति मुखर्जीले विशेष पूजापछि भूकम्पले पशुपति प्राङ्गणमा के कति क्षति पुरयायो भनी जिज्ञासा राख्नुभयो, आर्यघाट क्षेत्रको संरक्षण सम्बद्र्धनमा पनि उहाँले विशेष रुचि देखाउनुभएको छ” – उहाँले भन्नुभयो ।
राष्ट्रपति मुखर्जीले सबै मठमन्दिरमा खाममा राखेर दक्षिणा चढाउनुभएको थियो ।
कोषका तर्फबाट राष्ट्रपति मुखर्जीलाई काठले बनेको नृत्यनाथ, नटराज एवम् अन्य देवीदेवताका तीन फिट अग्लो मन्दिर उपहारस्वरुप प्रदान गरिएको थियो ।
तमु धीं यूकेले भव्य रुपमा मनायो ल्होछार
इराकमा कार्यरत नेपालीलाई अभिलेखीकरणमा ल्याउने नेपाल सरकारको निर्णय अत्यन्त स्वागतयोग्य : एनआरएनए
रास्वपा सभापति र काठमाडौं महानगर प्रमुखबीच राजनीतिक सहमति, भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह
जनवरी १ मा लन्डनमा टोपी दिवस मनाइने
नेपालमा सवा ९ लाख मतदाता थपिए
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने