पोखरा, १५ कात्तिक । नेपाल संवत् ११३७ को उपलक्षमा आज यहाँ भिन्तुना रयालीको आयोजना गरियो ।
नेवाः खलः कास्कीको आयोजनामा पोखराको टुँडिखेलबाट निस्केको रयाली मोहरिया टोल, तेर्सापट्टि, चिप्लेढुङ्गा, पालिखेचोक हुँदै भीमसेन टोलमा पुगेर सम्पन्न भएको थियो ।
नेपालीको महानपर्व दिपावलीअन्तर्गतको नेवारी समुदायमा प्रचलित म्हं पूजाको दिनबाट नयाँ वर्ष प्रारम्भ हुने हुँदा उक्त दिन हरेक वर्ष जस्तो यस वर्ष पनि आज भिन्तुना रयालीको आयोजना गरिएको हो ।
रयालीमा नेवारी वेषभूषामा सजिएका पुरुष तथा महिलाको सहभागिता थियो । रयालीमा नेवारी संस्कृतिमा आधारित विभिन्न नृत्य, बाजा, तथा झाँकीको प्रदर्शन गरिएको थियो । नेपालको मौलिक संवत्का रुपमा रहेको नेपाल संवत् राष्ट्रिय विभूति शङ्खधर साख्वाले चलाएका हुन् ।
सोही उपलक्षमा नेवारी समुदायले आजराति घरघरमा म्हं पूजा गर्ने कार्यक्रम रहेको नेवाः खलः कास्कीका अध्यक्ष अशोक पालिखेले बताउनुभयो । रासस
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
तनहुँ समाज हङकङले गर्यो मिर्गौला तथा क्यान्सर पीडितलाई आर्थिक सहयोग
राष्ट्रिय स्वतन्त्र पार्टीको उपसभापतिमा सोविता गौतम, महामन्त्रीमा विपिनकुमार आचार्य निर्वाचित
भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु, ४ हजार ३०० भन्दा बढी घाइते [अपडेट]
राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए ? [सूची]