
राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा भारतका राष्ट्रपति प्रणव मुखर्जीको आसन्न नेपाल भ्रमणको स्वागतका लगि पोखरामा तयार गरिएको स्वागत द्धार । तस्बिर ः हरि वास्तोला, पोखरा, रासस
भारतका राष्ट्रपति मुखर्जीको राजकीय भ्रमणको तयारीका लागि काठमाडौँका मुख्य स्थल स्वागतद्वार र दुबै देशका राष्ट्रिय झन्डाले सजिएका छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि उहाँ सवार हुने मुख्य सहर, चोक, आवासस्थल र राजधानीका केन्द्रमा स्वागत तथा सजावट गरिएको हो । स्वागतद्वारमा अङ्ग्रेजीमा ‘भारतका महामहिम राष्ट्रपति प्रणव मुखर्जीलाई नेपालमा हार्दिक स्वागत छ’ लेखिएको छ । विमानस्थल, नयाँबानेश्वर, रामशाह पथ, शीतलनिवास, कालीमाटी, बौद्ध, गौशालालगायतका स्थानमा स्वागतद्वार बनाइएको छ ।
सहरमा सरसफाइ, रङ्गरोगन र ब्यानर राख्ने क्रम जारी छ । झन्डा राख्ने कामको संयोजन नेपाली सेनाको पल्टनले गरेको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा भारतका राष्ट्रपति मुखर्जीले यही कात्तिक १७ देखि १९ सम्म नेपालको राजकीय भ्रमण गर्दै हुनुहुन्छ ।
बेलायत निवासी साहित्यकार केदार संकेतको ‘अन्तिम साँझ’ कथासङ्ग्रह लोकार्पण
तमु धीं यूकेले भव्य रुपमा मनायो ल्होछार
इराकमा कार्यरत नेपालीलाई अभिलेखीकरणमा ल्याउने नेपाल सरकारको निर्णय अत्यन्त स्वागतयोग्य : एनआरएनए
रास्वपा सभापति र काठमाडौं महानगर प्रमुखबीच राजनीतिक सहमति, भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह
जनवरी १ मा लन्डनमा टोपी दिवस मनाइने
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने