
काठमाडौँ, १२ कात्तिक । उपराष्ट्रपति नन्दबहादुर पुनले दिपावली, छठ तथा नेपाल संवत्का अवसरमा आज शुभकामना आदानप्रदान तथा चियापान समारोहको आयोजना गर्नुभयो ।
उपराष्ट्रपति कार्यालय बहादुर भवनमा आयोजना गरिएको सो समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख ओनसरी घर्तीको सहभागिता रहेको थियो ।
समारोहमा पूर्र्वप्रधानमन्त्री, मन्त्रीगण, राजनीतिक दलका नेता, सांसदहरु, संवैधानिक निकायका प्रमुख एवम् पदाधिकारी, सरकारी उच्च पदस्थ अधिकृत, यहाँस्थिति कूटनीतिक नियोगका प्रमुख एवम् प्रतिनिधि, कलाकार तथा सञ्चारकर्मीको उपस्थिति थियो ।
समारोहमा आमन्त्रण गरिएका व्यक्तिलाई उपराष्ट्रपति कार्यालयका सचिव नारायणगोपाल मलेगुले स्वागत गर्नुका साथै पर्वका अवसरमा शुख, शान्ति र समृद्धि कामना गर्नुभयो ।
नेपाल आदिवासी जनजाति महासंघको ११औँ महाधिवेशन चैत ५ र ६ मा हुने
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
बेलायती मन्त्री सीमा मल्होत्रासँग नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीको भेटवार्ता
अन्तरिमकालमा राहदानी सेवा अवरुद्ध हुनसक्ने विभाग नेपालको प्रष्टोक्ति
‘स्ट्रेट अफ हर्मुज’बारे अर्को हप्ता लन्डनस्थित आइएमओको मुख्यालयमा ‘विशेष सत्र’
बेलायत सरकारद्वारा अध्यागमन नियममा व्यापक सुधारको घोषणा
बेलायतमा शिम्मी पुनलाई ‘रोयल बरो अफ ग्रिनिच सिभिक अवार्ड्स’
बेलायतमा काउन्सिलसँगको सहकार्यमा जीआरएनसीले मनायो अन्तर्राष्ट्रिय नारी दिवस
नेपालको प्रतिनिधिसभामा आदिवासी जनजातिबाट ३२ जना निर्वाचित, कुन दलबाट कति ?
गोरखा–१ मा रास्वपाका सुधन गुरुङ विजयी