काठमाडौँ, १२ कात्तिक । परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले विदेशमा रहेका नेपालीको सुरक्षा सरकारको पहिलो प्राथमिकता रहेको बताउनुभएको छ ।
अन्तर्राष्ट्रिय शान्ति तथा मानव उद्धार अर्गनाइजेसन (आइफ्रो) नेपालले यहाँ आज आयोजना गरेको ‘आइफ्रो सन्देश’ पत्रिकाको विमोचन कार्यक्रममा मन्त्री डा महतले कानुनी वा गैरकानुनी रुपमा विदेशमा गएर कारागारमा परेका नेपालीको उद्धारका लागि सरकारले कूटनीतिक पहल गर्ने स्पष्ट पार्नुभयो ।
मन्त्री डा महतले पछिल्लो समय विदेशिने नेपालीको सङ्ख्या बढ्दै गएकाले त्यसो गर्नबाट रोक्न जागरण अभियान चलाउनु जरुरी रहेको बताउँदै भन्नुभयो, “विदेशमा कमाउन जानेले भन्दा स्वदेशका डकर्मी, सिकर्मीले धेरै कमाएका छन्, त्यसैले धेरै पैसा तिरेर विदेश जान मरिहत्ते नगर्नुहोस् ।”
नेपाली काँग्रेसका सांसद रामहरि खतिवडाले नेपालको राहदानी शुल्क अरु देशको तुलनामा धेरै महङ्गो रहेकाले यसलाई घटाउनतर्फ सरकार गम्भीर हुनुपर्नेमा जोड दिनुभयो ।
उच्चस्तरीय प्रशासन सुधार कार्यान्वयन तथा अनुगमन समितिका अध्यक्ष काशीराज दाहालले वैदेशिक रोजगारमा जानेलाई घृणाभन्दा सम्मानको दृष्टिकोणले हेर्नुपर्ने बताउनुभयो । नेपाल पत्रकार महासङ्घका अध्यक्ष डा महेन्द्र विष्टले ‘आइफ्रो सन्देश’ पत्रिकाको स्थापनासँगै नेपाली पत्रकारितामा नयाँ इँटा थपिएको बताउनुभयो ।
आइफ्रो नेपालका अध्यक्ष टङ्कप्रसाद सिटौला, वैदेशिक रोजगार व्यवसायी सङ्घका अध्यक्ष विमल ढकाल, नेपाल ट्रेड युनियन काँग्रेसका उपाध्यक्ष गणेश निरौला, पत्रकार अच्युत वाग्ले लगायतले ‘फ्रि भिसा, फ्रि टिकेट’लाई व्यवस्थित गरेर अगाडि बढे मात्र कामदारले केही भए पनि राहत पाउने बताउनुुभयो ।
बेलायत निवासी साहित्यकार केदार संकेतको ‘अन्तिम साँझ’ कथासङ्ग्रह लोकार्पण
तमु धीं यूकेले भव्य रुपमा मनायो ल्होछार
इराकमा कार्यरत नेपालीलाई अभिलेखीकरणमा ल्याउने नेपाल सरकारको निर्णय अत्यन्त स्वागतयोग्य : एनआरएनए
रास्वपा सभापति र काठमाडौं महानगर प्रमुखबीच राजनीतिक सहमति, भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह
जनवरी १ मा लन्डनमा टोपी दिवस मनाइने
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने