काठमाडौँ, ११ कात्तिक । राप्रपाका अध्यक्ष पशुपतिशम्शेर राणाले अख्तियार प्रमुखका विरुद्ध ल्याइएको महाअभियोग प्रस्तावबारेमा पार्टी बैठकपछि निर्णय लिइने बताउनुभएको छ ।
रिपोर्टर्स क्लबले आज आयोजना गरेको अन्तक्र्रियामा उहाँले सो विषय अदालतमा विचाराधीन रहेकाले दलहरुले हतार गर्न आवश्यक नभएको बरु संविधान कार्यान्वयन गरी निर्धारित समयमा चुनाव सम्पन्न गर्ने विषयलाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो ।
भूकम्पबाट प्रभावित जनतालाई राहत तथा भूकम्पले भत्काएका संरचनाको पुनःनिर्माणमा लाग्नुपर्ने बेला दलहरु अन्य विषयमा अल्मलिन नहुने उहाँको भनाइ थियो ।
नेकपा (एमाले)का नेता शङ्कर पोखरेलले महाअभियोग प्रस्तावले दलहरुबीच नयाँ एकता कायम हुने विश्वास व्यक्त गर्दै त्यो एकताले देशमा निर्धारित समयमा निर्वाचन सम्पन्न गर्ने वातावरण सिर्जना गर्ने बताउनुभयो । उहाँले भन्नुभयो – “सो प्रस्ताव पारित गराउन काँग्रेसले सहयोग गर्छ ।”
नेपाली काँग्रेसका नेता दीपक खड्काले महाअभियोग प्रस्तावमा रहस्य लुकेको आशङ्का व्यक्त गर्दै महाअभियोग सिफारिस समितिको निर्णयपछि त्यसबारे पार्टीले धारणा सार्वजनिक गर्ने बताउनुभयो ।
महाअभियोग सिफारिस समितिमा सदस्य समेत रहनुभएका राप्रपा नेपालका प्रमुख सचेतक दिलनाथ गिरीले आफ्नो पार्टीका अध्यक्ष विदेश भ्रमणबाट फर्केपछि बस्ने बैठकले प्रस्तावको पक्ष तथा विपक्षमा मतदान गर्नेबारे निर्णय लिने जानकारी दिनुभयो ।
नेकपा (माओवादी केन्द्र)का नेता मणि थापाले प्रस्ताव ल्याउँदा केही प्राविधिक त्रुटि भएको स्वीकार्दै सो प्रस्ताव कसले ल्यायो भन्दा पनि प्रस्तावमा के छ ? भन्ने विषय महत्वपूर्ण हुने बताउनुभयो ।
नेपाल युके रनको पहलमा भ्यालेन्सिया म्याराथनमा सहभागी सन्तोषी श्रेष्ठको राष्ट्रिय कीर्तिमान
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
नागरिकता र मताधिकारबारे गृहमन्त्री अर्याललाई सीएनसीबीजी युके र भूपूसैकस नेपालको ज्ञापनपत्र
बेलायतमा अध्ययन गर्न विद्यार्थी आउने मुख्य पाँच मुलुकमा नेपाल पनि
बेलायतमा नेपाली पण्डितलाई बालयौन दुराचारको अभियोगमा २५ वर्ष जेल
बेलायतमा ज्यान गुमाएका युविन तामाङको परिवारलाई धरान समाज यूकेद्वारा ६ लाख २७ हजारभन्दा बढी सहयोग
इन्डोनेशियामा बाढी र पहिरोबाट मृत्यु हुने सङ्ख्या ५०२ पुग्यो, ५०८ जना अझै बेपत्ता
नोभेम्बरमा बेलायतबाट नेपाल गए ७ हजार १८९ पर्यटक