
काठमाडौं, १० कात्तिक । भारतको नयाँदिल्लीमा हुन गइरहेको नेपाल–भारत संयक्त आयोगको मन्त्रीस्तरीय बैठकमा सहभागिताका लागि परराष्ट्रमन्त्री डा प्रकाशशरण महत आज बिहान त्यसतर्फ प्रस्थान गर्नुभएको छ ।
बिहीबार भारतको नयाँदिल्लीमा हुने सो बैठकमा नेपालको नेतृत्व मन्त्री डा महतले गर्नुहुने छ । सो आयोगको बैठकमा भारतका तर्फबाट विदेशमन्त्री सुष्मा स्वराजले प्रतिनिधित्व गर्दै हुनुहुन्छ ।
बैठकमा नेपाल र भारतका उच्च कूटनीतिक अधिकारीहरु रहने छन् । उक्त आयोगको सचिवस्तरीय बैठक भने आजै नयाँदिल्लीमा सुरु हुँदैछ । सो प्रयोजनका लागि परराष्ट्र सचिव शङ्करदाश बैरागी हिजो नै नयाँदिल्ली पुग्नुभएको छ ।
सो बैठकमा नेपाल–भारतका बीचमा विगतमा भएका सम्झौता र आयोजनाहरुको कार्यान्वयनको अवस्थाको बारेमा बृहत् समीक्षा हुनेछ ।
आफूले नेपालको राष्ट्रिय स्वार्थका विषयमा विगतका सम्झौता र आयोजनाहरुको कार्यान्वयनका लागि उक्त बैठकमा कुरा उठाउने मन्त्री डा महतले जानकारी दिनुभयो ।
नयाँदिल्ली प्रस्थान गर्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मन्त्री डा महतले भन्नुभयो–‘‘नेपाल भारत बीचका बिगतका विभिन्न सम्झौता र आयोजनाहरुको कार्यान्वयनको अवस्थाका बारेमा बृहत समीक्षा हुन्छ र नेपालको तर्फबाट मैले राष्ट्रिय हित र स्वार्थका विभिन्न विषयमा कुरा राख्ने छु ।’’
प्रधानमन्त्री पुष्पकमल दाहालको हालैको भारत भ्रमणका क्रममा तथा विगतदेखिकै नेपाल–भारतबीचका विभिन्न सहमति, सम्झौता तथा आयोजनाको कार्यान्वयनका बारेमा बृहत समीक्षा र कार्यान्वयनमा भएका ढिलाइका विषयमा पनि सो बैठकमा छलफल हुने छ ।
मन्त्री डा महत आगामी शुक्रबार स्वदेश फर्किनुहुने कार्यक्रम छ ।
तनहुँ समाज हङकङले गर्यो मिर्गौला तथा क्यान्सर पीडितलाई आर्थिक सहयोग
राष्ट्रिय स्वतन्त्र पार्टीको उपसभापतिमा सोविता गौतम, महामन्त्रीमा विपिनकुमार आचार्य निर्वाचित
भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु, ४ हजार ३०० भन्दा बढी घाइते [अपडेट]
राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए ? [सूची]
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]