काठमाडौँ, ५ कात्तिक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको आज हुने भनिएको बङ्गलादेशको भ्रमण स्थगित भएको छ ।
मुलुकमा विकसित राजनीतिक परिस्थितिका कारण पूर्वप्रधानमन्त्री ओलीको भ्रमण स्थगन भएको पार्टीकाकार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिनुभयो ।
बङ्गलादेशको ढाकामा हुने अवामी लिगको २०औँ वार्षिक सम्मेलनमा सहभागी हुन पार्टीका तर्फबाट अध्यक्ष ओली जाने कार्यक्रम तय भएको थियो । उक्त सम्मेलनमा पार्टीका केन्द्रीय सदस्य राजन भट्टराई जानु हुने भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रमुख लोकमानसिंह कार्कीविरुद्ध व्यवस्थापिका–संसद्मा महाअभियोग दर्ता भएपछि विभिन्न दलका नेताहरुको विदेश भ्रमण स्थगित भएको छ ।
तनहुँ समाज हङकङले गर्यो मिर्गौला तथा क्यान्सर पीडितलाई आर्थिक सहयोग
राष्ट्रिय स्वतन्त्र पार्टीको उपसभापतिमा सोविता गौतम, महामन्त्रीमा विपिनकुमार आचार्य निर्वाचित
भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु, ४ हजार ३०० भन्दा बढी घाइते [अपडेट]
राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए ? [सूची]
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]