काठमाडौँ, ५ कात्तिक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको आज हुने भनिएको बङ्गलादेशको भ्रमण स्थगित भएको छ ।
मुलुकमा विकसित राजनीतिक परिस्थितिका कारण पूर्वप्रधानमन्त्री ओलीको भ्रमण स्थगन भएको पार्टीकाकार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिनुभयो ।
बङ्गलादेशको ढाकामा हुने अवामी लिगको २०औँ वार्षिक सम्मेलनमा सहभागी हुन पार्टीका तर्फबाट अध्यक्ष ओली जाने कार्यक्रम तय भएको थियो । उक्त सम्मेलनमा पार्टीका केन्द्रीय सदस्य राजन भट्टराई जानु हुने भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रमुख लोकमानसिंह कार्कीविरुद्ध व्यवस्थापिका–संसद्मा महाअभियोग दर्ता भएपछि विभिन्न दलका नेताहरुको विदेश भ्रमण स्थगित भएको छ ।
इन्डोनेसियाको नर्सिङ होममा आगलागी, १६ जनाको मृत्यु
बेलायत निवासी साहित्यकार केदार संकेतको ‘अन्तिम साँझ’ कथासङ्ग्रह लोकार्पण
तमु धीं यूकेले भव्य रुपमा मनायो ल्होछार
इराकमा कार्यरत नेपालीलाई अभिलेखीकरणमा ल्याउने नेपाल सरकारको निर्णय अत्यन्त स्वागतयोग्य : एनआरएनए
रास्वपा सभापति र काठमाडौं महानगर प्रमुखबीच राजनीतिक सहमति, भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह