
काठमाडौँ, ३ कात्तिक । प्रधानमन्त्री पुष्पकमल दाहालले भारतको गोवामा सम्पन्न ब्रिक्स–बिम्स्टेक विस्तारित बैठकबारे आज विहान आफ्नो दल नेकपा (माओवादी केन्द्र) संसदीय दलमा जानकारी गराउनुभएको छ ।
गत असोज २९ देखि यही कात्तिक १ गतेसम्म भएको सम्मेलनमा नेपालले खेलेको भूमिका, छिमेकी मुलुक चीन र भारतका सरकार प्रमुखसँगको भेटबारे जानकारी गराउनुभएको हो ।
सो दलका नेता टोपबहादुर रायमाझीले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष दाहालले गोवा सम्मेलन र त्यसबारे उठेका विभिन्न टिप्पणीबारे स्पष्ट पार्नुभएको पत्रकारलाई जानकारी दिनुभयो । प्रधानमन्त्री दाहाल र चीन तथा भारतका सरकार प्रमुखको संयोगवश भएको अनौपचारिक भेटलाई त्रिपक्षीय वार्ता सन्देश प्रवाह भएपछि विभिन्न टिप्पणी उठेको थियो ।
यसै सन्दर्भमा प्रधानमन्त्री दाहालले आज व्यवस्थापिका–संसद्मा सम्बोधन गर्नुहुनेछ ।
यस्तै, बैठकमा सो दलबाट सरकारमा सहभागी मन्त्रीहरुका कामबारे पनि समीक्षा भएको थियो ।
इन्डोनेसियाको नर्सिङ होममा आगलागी, १६ जनाको मृत्यु
बेलायत निवासी साहित्यकार केदार संकेतको ‘अन्तिम साँझ’ कथासङ्ग्रह लोकार्पण
तमु धीं यूकेले भव्य रुपमा मनायो ल्होछार
इराकमा कार्यरत नेपालीलाई अभिलेखीकरणमा ल्याउने नेपाल सरकारको निर्णय अत्यन्त स्वागतयोग्य : एनआरएनए
रास्वपा सभापति र काठमाडौं महानगर प्रमुखबीच राजनीतिक सहमति, भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह