काठमाडौँ, ३ कात्तिक । व्यवस्थापिका–संसद्, महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा समाजकल्याण समितिले चिकित्सा शिक्षा क्षेत्रको समग्र अध्ययनका लागि उपसमिति गठन गरेको छ ।
समितिको आजको बैठकले पछिल्लोपटक चिकित्सा शिक्षामा देखिएको भर्ना, चिकित्सा शिक्षा शुल्क, सिट सङ्ख्या, मेडिकल काउन्सिल र मापदण्डलगायतको बारेमा अध्ययन गर्न उपसमिति गठन गर्ने निर्णय गरेको हो ।
सांसद जीवन परियार, डा वंशीधर मिश्र, रत्नदेवी गुरुङ, बबिता मुक्तान र अनुराधा थापामगर सदस्य रहनुभएको सो उपसमितिले १५ दिनभित्रमा समिति समक्ष प्रतिवेदन प्रस्तुत गर्नेछ । नौ सदस्यीय उपसमितिका लागि बाँकी सदस्य पछि थप गरिनेछ ।
बैठकमा स्वास्थ्यमन्त्री गगन थापाले चिकित्सा क्षेत्रका समग्र समस्याको समाधान गर्न सरकारले चिकित्सा शिक्षासम्बन्धी ऐन ल्याउन लागिएको जानकारी दिनुभयो ।
समितिका सभापति रञ्जुकुमारी झाले उपसमितिको प्रतिवेदनको आधारमा समितिले स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिने बताउनुभयो ।
सांसद डा शेखर कोइराला, गणेशमान गुरुङ, उमेश श्रेष्ठ, बाबुराम पोखरेल, जीवन परियार, तेजुलाल चौधरी, हरि सुवेदी, शारदा पौडेल, अनुराधा थापामगर र आशा कोइरालालगातयले स्वास्थ्य क्षेत्रमा देखिएका समग्र समस्या समाधानका लागि अपिल गर्नुभयो । रासस
इन्डोनेसियाको नर्सिङ होममा आगलागी, १६ जनाको मृत्यु
बेलायत निवासी साहित्यकार केदार संकेतको ‘अन्तिम साँझ’ कथासङ्ग्रह लोकार्पण
तमु धीं यूकेले भव्य रुपमा मनायो ल्होछार
इराकमा कार्यरत नेपालीलाई अभिलेखीकरणमा ल्याउने नेपाल सरकारको निर्णय अत्यन्त स्वागतयोग्य : एनआरएनए
रास्वपा सभापति र काठमाडौं महानगर प्रमुखबीच राजनीतिक सहमति, भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह