
काठमाडौँ, १ कात्तिक । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले चार जना विज्ञ सदस्यलाई पुनःनिर्माणसम्बन्धी थप नीति योजना निर्माणको जिम्मेवारी दिएको छ ।
यसअघि बनेका नीति नियमले समेट्न नसकेका विषयलाई समेटी नीति तर्जुमा गर्न निर्देशक समितिको असोज १० गतेको निर्णयअनुसार विज्ञ सदस्यलाई जिम्मेवारी दिइएको हो ।
कार्यकारी समितिका विज्ञ सदस्य ध्रुव शर्मालाई पुनःनिर्माणसम्बन्धी नीति योजना निर्माण तथा डा विष्णु भण्डारीलाई जीविकोपार्जन र ग्रामीण आवास निर्माणसम्बन्धी कार्यविधि निर्माणको जिम्मेवारी दिइएको प्राधिकरणका प्रवक्ता रामप्रसाद थपलियाले राससलाई जानकारी दिनुभयो ।
“भूकम्पमा भत्किएर अनुदान सम्झौता हुनुअघि बनिसकेका घरलाई रकम दिने कार्यविधि निर्माणको खाका बनाउन विज्ञ सदस्य डा चन्द्रबहादुर श्रेष्ठलाई अख्तियारी दिइएको छ, न्यूनतम रकममा भूकम्प प्रतिरोधी घर बनाउने नक्सा विज्ञ सदस्य डा हरिनाथ पराजुलीले निर्माण गर्नुहुनेछ”– उहाँले भन्नुभयो ।
सहरमा भत्किएका घरको प्रवलीकरण (रेक्टोफिटिङ) र गाउँघरमा भत्किएका घरको मर्मत सम्भारका लागि कार्यविधि निर्माणको जिम्मेवारी समेत पराजुलीलाई नै दिइएको प्राधिकरणले जनाएको छ ।
पाकिस्तान–अफगानिस्तानबीच ‘खुला युद्ध’ घोषणा
गायिका सुमिना लो तामाङलाई ‘योगिता मोक्तान प्रतिभा पुरस्कार’
भूतपूर्व गोर्खा सैनिकको समस्याबारे सर्वोच्च अदालतको आदेश – ‘बेलायत सरकारसँग परिणाममुखी वार्ताको थप पहल गर्नू’
अभियन्ता रोजिना प्रधान राईले एनआरएनएको खुला उपाध्यक्ष पदमा उम्मेदवारी दिनुहुने
सन् २०२५ मा बेलायतमा शरण खोज्नेको सङ्ख्या घट्यो
गोर्खा नेपाली कम्युनिटी डर्बीमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा नवराज ठकुरी
हिटलरको घर अब प्रहरी चौकी
नेपालीद्वारा स्थापित बेलायती स्टार्टअप ‘टेडुनेट’ विश्वकै ठूलो प्रविधि सम्मेलन वेब समिट कतारमा
बङ्गलादेश दूतावासमा मनाइयो अन्तरराष्ट्रिय मातृभाषा दिवस
नेपाल पर्यटन बोर्डसँगको समन्वयमा क्यानडामा ‘नेपाल इभिनिङ’ कार्यक्रम