
काठमाडौँ, १ कात्तिक । मुख्य पर्यटकीय (याम) मौसममा पनि ठमेलका अधिकांश रेष्टुरेन्ट सुनसान बनेका छन् ।
विगतका वर्षमा ठमेलका सबै रेस्टुरेन्ट एन्ड बार भरिभराउ हुने गरेकामा योपटक पर्यटकको सङ्ख्या पातलिएका कारण ठमेलका चल्तीका रेस्टुराँ पनि खाली देखिन्छन् ।
राजनीतिक अस्थिरता, पर्यटकीय पूर्वाधार र गुणस्तरको अभाव तथा मुलुकमा सिर्जित विभिन्नखाले विपत्तिका कारण पर्यटकको आवागमन कम भएकाले ठमेल क्षेत्रमा असर परेको व्यवसायी बताउँछन् ।
‘थर्ड आई रेस्टुरेन्ट’ का सञ्चालकसमेत रहनुभएका पुराना व्यवसायी तेजेन्द्रनाथ श्रेष्ठले विगतको तुलनामा यसपटक पर्यटकीय मौसममा पर्यटकको चहलपहल प्रायः सुनसान रहेको बताउनुभयो ।
झन्डै ४० वर्षदेखि पर्यटन व्यवसायमा आबद्ध श्रेष्ठको अनुभवमा ठमेलमा पर्यटकीय मौसममा यति धेरै सुनसान भएको पहिलोपटक हो । पर्यटकीय मौसमसँगै दसैँ, तिहार, छठलगायत महत्वपूर्ण पर्व पनि पर्ने भएकाले विगतका वर्षमा धेरै पर्यटक आउने गर्थे । अहिले खासगरी पदयात्रा, पर्वतारोहण, धार्मिकस्थल तथा प्राकृतिक सुन्दरताको अवलोकन तथा पर्वतीय उडानका लागि बढी पर्यटक आउने गर्छन् ।
ठमेल पर्यटन विकास परिषद्का संस्थापक अध्यक्षसमेत रहनुभएका व्यवसायी श्रेष्ठले ठमेललाई साँच्चिकै पर्यटकीय क्षेत्र बनाउने हो भने सरकारले कडा नीति र आचारसंहिता बनाई आधारभूत भौतिक सुविधा पर्यटनमैत्री पूर्वाधार निर्माण, सडक, ढल, खानेपानीको व्यवस्थापन र भवन निर्माणमा एकरुपता कायम गर्न सक्नुपर्ने धारणा राख्नुभयो ।
ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष रामशरण थपलियाले मुख्य पर्यटकीय मौसममा पर्यटकको चहलपहल केही बढेको भए पनि व्यापार भने सन्तोषजनक नरहेको बताउनुभयो ।
पर्यटन बजार र पर्यटकीय प्रोडक्टबारे राम्रो प्रचारप्रसार नभएकै कारण पर्यटकको चहलपहल बढ्न नसकेको उहाँले उल्लेख गर्नुभयो ।
ठमेलमा सबैखाले गरी चार हजार व्यवसायी र करिब एक हजार घरधनी रहेको बताइन्छ । यहाँ प्रत्यक्ष र अप्रत्यक्षरुपमा तीन लाखले रोजगारी पाएका छन् । ठमेलमा नेपाल भ्रमणमा आउने कुल पर्यटकमध्ये ८० प्रतिशत पर्यटक पुग्ने गरेको परिषद्ले जनाएको छ ।
इन्डोनेसियाको नर्सिङ होममा आगलागी, १६ जनाको मृत्यु
बेलायत निवासी साहित्यकार केदार संकेतको ‘अन्तिम साँझ’ कथासङ्ग्रह लोकार्पण
तमु धीं यूकेले भव्य रुपमा मनायो ल्होछार
इराकमा कार्यरत नेपालीलाई अभिलेखीकरणमा ल्याउने नेपाल सरकारको निर्णय अत्यन्त स्वागतयोग्य : एनआरएनए
रास्वपा सभापति र काठमाडौं महानगर प्रमुखबीच राजनीतिक सहमति, भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह