इलाम, २९ असोज । इलामको दानाबारी र महमाई बीचमा रहेको माईखोलाको चण्डालघाटमा डुङ्गा दुर्घटना हुँदा मृत्यु हुने सातजनाको सनाखत भएको छ ।
जिल्ला प्रहरी कार्यालय, इलामका प्रहरी उपरीक्षक सुशीलकुमार यादवका अनुसार महमाई–१ का ७५ वर्षीय जसबहादुर राई, सोही ठाउँकी ४५ वर्षीया डम्बरमाया मगर, महमाई–२ का ३९ वर्षीया पवित्रा पौडेल र सोही ठाउँका ५८ वर्षीय हर्कबहादुर मगरको शव भेटिएको छ ।
यसैगरी, आज झापाको शिवगञ्ज नजिक ठेगाना नखुलेका कृष्ण घतानीको शव फेला परेको छ ।
सोही ठाउँमा नाम थर नखुलेका एक पुरुषको शव फेला परेको छ भने मोरङ मधुमल्ला–२ की छ वर्षीया अञ्जली खड्का र छ वर्षीया पुष्पा खड्काको शव फेला परेको प्रहरी उपरीक्षक यादवले बताउनुभयो ।
हालसम्मा २० महिला र १४ पुरुषको उद्धार गरिएको छ । उद्धार गरिएकाहरूले आफ्ना पति, बालबच्चा र आफन्त हराइरहेको बताएका छन् । दुर्घटनामा परी कति यात्रु बेपत्ता छन् भन्नेबारे केही खुल्न नसकेको प्रहरीले जनाएको छ ।
घटनास्थलमा स्थानीय, जिल्ला र दानाबारीस्थित प्रहरी, झापास्थित मेची अञ्चल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनालगायतका टोली खोजी कार्यमा खटिएका छन् ।
तनहुँ समाज हङकङले गर्यो मिर्गौला तथा क्यान्सर पीडितलाई आर्थिक सहयोग
राष्ट्रिय स्वतन्त्र पार्टीको उपसभापतिमा सोविता गौतम, महामन्त्रीमा विपिनकुमार आचार्य निर्वाचित
भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु, ४ हजार ३०० भन्दा बढी घाइते [अपडेट]
राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए ? [सूची]
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]