
राष्ट्रपति विद्यादेवी भण्डारी वडादसैँका अवसरमा शनिबार नेपाली सेनाद्वारा सैनिक मञ्चमा आयोजित फूलपाती बढाइँ समारोह अवलोकन गर्नुहुँदै, साथमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रधान न्यायाधीश सुशीला कार्कीलगायत । तस्बिर ः रत्न श्रेष्ठ, रासस
काठमाडौँ, २२ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले बडादसैँअन्तर्गत आज अपराह्न सैनिक मञ्च टुँडिखेलमा आयोजित फूलपाती बढाइँ समारोह अवलोकन गर्नुभयो ।
समारोहमा नेपाली सेनाका तर्फबाट राइफल र तोपको बढाइँका साथै मार्चपास गरिएको थियो । सेनाको बढाइँ टोलीबाट इज्जत अर्पण कवाज, कवाजमा भाग लिएका विभिन्न गुल्मद्वारा बढाइँ, मार्च पास गर्दै बढाइँ र नेपालको राष्ट्रिय झन्डाको आकृति चिह्न बनाएर बढाइँ प्रस्तुत गरिएको थियो ।
समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रधानन्यायाधीश सुशीला कार्की, उपप्रधानमन्त्रीहरु, मन्त्रीगण, नेपाल सरकारका उच्चपदस्थ अधिकृत, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख एवम् प्रतिनिधि, सुरक्षा निकायका प्रमुख तथा विभिन्न पेसा व्यवसायका प्रतिनिधि सहभागी हुनुहुन्थ्यो ।
राष्ट्रपति भण्डारी समारोहस्थल पुग्नुहुँदा प्रधानसेनापति राजेन्द्र क्षत्रीले स्वागत गर्नुभएको थियो । सो अवसरमा राष्ट्रपतिसमक्ष नेपाली सेनाले सलामी अर्पण गरेको थियो ।
फूलपाती बढाइँ समारोह हेर्न सैनिक मञ्च वरपर सर्वसाधारणको भीड लागेको थियो भने सवारी आवागमनमा केहीबेर बाधा उत्पन्न भएको थियो ।
नेपालमा ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ यही पुस १७ देखि लागु गरिँदै
इन्डोनेसियाको नर्सिङ होममा आगलागी, १६ जनाको मृत्यु
बेलायत निवासी साहित्यकार केदार संकेतको ‘अन्तिम साँझ’ कथासङ्ग्रह लोकार्पण
तमु धीं यूकेले भव्य रुपमा मनायो ल्होछार
इराकमा कार्यरत नेपालीलाई अभिलेखीकरणमा ल्याउने नेपाल सरकारको निर्णय अत्यन्त स्वागतयोग्य : एनआरएनए
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
पेनिबा : युवाको प्रतिनिधि कथाहरू
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक