
बडादसैँको नवरथाको सप्तमीका दिन हनुमानढोका दरबारस्थित दसैँघरमा शनिबार फूलपाती भित्र्याइंदै । गोरखा दरबारबाट धादिङको जीवनपुर हुँदै हुनमानढोकाको दसैँघर भित्रइएको हो । तस्बिर ः रत्न श्रेष्ठ, रासस
काठमाडौँ, २२ असोज । बडादसैँको नवरथाको सप्तमीका दिन हनुमानढोका दरबारस्थित दसैँघरमा यस वर्षका लागि आज फूलपाती भित्र्याइएको छ ।
सरकारी कर्मचारी, हनुमानढोका दरबार हेरचाह अड्डाका प्रतिनिधि तथा विभिन्न सांस्कृतिक बाजागाजा, सुरक्षाकर्मीको लावा लस्करसहित जमलबाट फूलपाती हनुमानढोका ल्याइएको हो ।
प्रत्येक वर्ष फूलपातीका दिन राजकीय सम्मानका साथ फूलपाती भित्र्याइने परम्पराअनुसार सो अवसरमा गुर्जुको पल्टनले तोप पड्काएको थियो ।
कार्यालयका निर्देशक सरस्वती सिंहले अघिल्लो दिन हनुमानढोकाका केही प्रतिनिधिलाई फूलपाती लिन धादिङको जीवनपुर पठाइएको जानकारी दिँदै उनीहरूले आज बिहान आँप, चाँप, धानको बाला, रङ्गीचङ्गी फूल, असुरोको पात, बेलको पातसहित फूलपाती जमल ल्याएको बताउनुभयो ।
हनुमानढोकाबाट फूलपाती लिन धादिङ गएका प्रतिनिधिले अघिल्लो दिन राति त्यहाँ बोका, भेडालाई बलि दिएर परम्परागतरूपमा भोज खाएपछि फूलपाती काठमाडौँमा ल्याउने परम्परा छ ।
मल्लकालीन समयदेखि चल्दै आएको फूलपाती भित्र्याउने सो परम्परालाई आधुनिक नेपालको विकास भएपछि शाहवंशीय शासनकालमा निरन्तरता दिँदै गोर्खाबाट समेत फूलपाती ल्याएर दसैँ घरमा मिसाउने गरिएकोमा अहिले पनि सोही परम्परालाई कायम गरिएको छ ।
तनहुँ समाज हङकङले गर्यो मिर्गौला तथा क्यान्सर पीडितलाई आर्थिक सहयोग
राष्ट्रिय स्वतन्त्र पार्टीको उपसभापतिमा सोविता गौतम, महामन्त्रीमा विपिनकुमार आचार्य निर्वाचित
भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु, ४ हजार ३०० भन्दा बढी घाइते [अपडेट]
राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए ? [सूची]
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]