
काठमाडौँ, २२ असोज । दसैँ मान्नका लागि राजधानी काठमाडौँ उपत्यकाबाट आजसम्म २२ लाख यात्रु बाहिरिएका छन् ।
उपत्यकाका विभिन्न नाकाबाट देशका विभिन्न गन्तव्यमा २२ लाखभन्दा बढी यात्रु गएका नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले जनाएको छ ।
महासङ्घका अध्यक्ष सरोज सिटौलाले तीन दिन— बिहीबार, शुक्रबार र शनिबार उपत्यका बाहिरिने यात्रुको सबैभन्दा बढी चाप रहेको र भोलिदेखि न्यून हुने बताउनुभयो ।
उहाँका अनुसार आजमात्रै दुई लाख ५० हजार यात्रु उपत्यकाबाट बाहिरिएका छन् भने शुक्रबार सबैभन्दा बढी तीन लाख ५० हजार यात्रु बाहिरिएका थिए ।
उपत्यकाका नागढुङ्गा, बल्खु, अरनिको राजमार्ग, बिपी राजमार्ग, साँखु, पासाङलामु मार्ग र टोखा—छहरे राजमार्गबाट यात्रु देशका विभिन्न गन्तव्यतिर गएका हुन् ।
महासचिव सिटौलाले तीन दिनको अवधिमा आजसम्म कुनै अप्रिय घटना नघटेको र विगतका दसैँभन्दा यो पटक यात्रु सहज तरिकाले गन्तव्यमा पुगेकोे दाबी गर्नुभयो ।
दसैँलाई लक्षित गरी अहिले साना ठूला गरी दैनिक पाँच हजारको हाराहारीमा सवारी आवतजावत भइरहेको महासङ्घले जनाएको छ । सामान्य अवस्थामा दैनिक एक हजार देखि एक हजार २०० सम्म सवारी आवतजावत गर्थे ।
महासङ्घले यात्रुको चाप र सुविधालाई मध्यनजर गरी असोज १५ देखि ३० गतेसम्म ‘पकेट पर्मिट’ दिएकाले देशभरका जुनसुकै सवारी जतासुकै सहजरुपमा जानसक्ने व्यवस्था गरेको छ । नयाँ गाडी नथपिए पनि देशभरका सबै गाडी राजधानी उतारी यहाँबाट यात्रु लगिएको व्यवसायीले बताएका छन् ।
दसैँको पूर्णिमाको दिनदेखि यात्रु फर्किने भएकाले त्यसका लागि अग्रिम टिकट खुल्ला गरिएको र यात्रुको सहजताका लागि सबै कम्पनी संस्थालाई आग्रह गरिएको महासचिव सिटौलाको भनाइ छ ।
उपत्यकामा आज सवारी आवतजावत सामान्य रहेको र अहिलेसम्म कुनै अप्रिय घटना नघटेको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
गोर्खा सैनिक र उनीहरुका सन्ततिको नागरिकता निरन्तरताबारे नेपालका राष्ट्रपति पौडेललाई बुझाइयो ज्ञापनपत्र
गैरआवासीय नेपाली ऐनसम्बन्धी मस्यौदा आगामी संसद् अधिवेशनमा प्रस्तुत गर्ने परराष्ट्रमन्त्री खनालको प्रतिबद्धता
बेलायतवासी युद्ध साहित्यकार काङमाङ नरेश राईलाई ‘प्रज्ञा अन्तर्देशीय पुरस्कार-२०८२’ प्रदान गरिने
होर्मुज खुलाउन इरानले मानेन
बेलायत बन्यो विश्वकै सबैभन्दा कडा धूम्रपान नियन्त्रण नीति अपनाउने देशमध्ये एक