
काठमाडौँ, १६ असोज । पाकिस्तानले इस्लामवादमा हुन लागेको दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)को १९औँ शिखर सम्मेलन आगामी कात्तिक २४ र २५ गते स्थगित गरेको आज परराष्ट्र मन्त्रालयलाई जानकारी दिएको छ ।
परराष्ट्र मन्त्रालयले आज जारी गरेको प्रेस विज्ञप्तिमा सम्मेलन स्थगित भएकामा चिन्ता व्यक्त गरेको छ ।
सार्कको अध्यक्ष राष्ट्र नेपालले सार्कका सदस्य राष्ट्रलाई चाँडोभन्दा चाँडो सम्मेलनको वातावरण बनाउन आग्रह गरेको छ । यस क्षेत्रमा देखापरेको आतङ्कवाद तथा सिमापार आतङ्कलाई नियन्त्रण गरी शान्ति, स्थायित्व कायम गर्न, क्षेत्रीय सहयोग अर्थपूर्ण हुने विश्वास व्यक्त गरिएको छ ।
नेपालले विश्वव्यापी रुपमा आतङ्कवादविरुद्ध भएका गतिविधिप्रति ऐक्यबद्धता जनाउँदै मुलुकभित्र कुनै पनि आतङ्कवादलाई प्रश्रय नदिने विज्ञप्तिमा उल्लेख गरिएको छ ।
गत असोज २ गते कास्मिरमा तथा त्यस क्षेत्रमा भारतीय सेनामाथि भएको हमला तथा त्यसबाट मारिएका सेनाप्रति नेपालले दुःख व्यक्त गरेको छ ।
पाकिस्तान–अफगानिस्तानबीच ‘खुला युद्ध’ घोषणा
गायिका सुमिना लो तामाङलाई ‘योगिता मोक्तान प्रतिभा पुरस्कार’
भूतपूर्व गोर्खा सैनिकको समस्याबारे सर्वोच्च अदालतको आदेश – ‘बेलायत सरकारसँग परिणाममुखी वार्ताको थप पहल गर्नू’
अभियन्ता रोजिना प्रधान राईले एनआरएनएको खुला उपाध्यक्ष पदमा उम्मेदवारी दिनुहुने
सन् २०२५ मा बेलायतमा शरण खोज्नेको सङ्ख्या घट्यो
गोर्खा नेपाली कम्युनिटी डर्बीमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा नवराज ठकुरी
हिटलरको घर अब प्रहरी चौकी
नेपालीद्वारा स्थापित बेलायती स्टार्टअप ‘टेडुनेट’ विश्वकै ठूलो प्रविधि सम्मेलन वेब समिट कतारमा
बङ्गलादेश दूतावासमा मनाइयो अन्तरराष्ट्रिय मातृभाषा दिवस
नेपाल पर्यटन बोर्डसँगको समन्वयमा क्यानडामा ‘नेपाल इभिनिङ’ कार्यक्रम