लन्डन । गैर आवासीय नेपाली संघ व्यापार तथा लगानी प्रवर्धन समितिको शनिवार बसेको बैठकले समितिको सल्लाहकारमा डा. उपेन्द्र महतो, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारका र ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्र ढकाललाई मनोनित गरेको छ ।
यसअघि सल्लाहकारमा मनोनित गरिएका गैर आवासीय नेपाली संघका मुख्य संरक्षक जीवा लामिछाने तथा संघका अध्यक्ष शेष घले सहित समितिका सल्लाहकारहरुको संख्या अब पांच पुगेको छ ।
गैर आवासीय नेपाली संघ व्यापार तथा लगानी प्रवर्धन समितिका अध्यक्ष तथा यूरोप क्षेत्रीय संयोजक कुल आचार्यको अध्यक्षतामा टेलीकन्फरेन्स मार्फत बसेको बैठकले नेपाल सरकारले शनिवार ल्याएको बजेटमा आकर्षक मुनाफा दिने खालका जलविद्युत आयोजनाहरुमा लगानी गर्न एउटा नयां जलविद्युत कम्पनी खोल्ने र त्यसमा गैर आवासीय नेपालीहरुलाई पनि लगानीको अवसर दिने घोषणाको स्वागत गरेको छ ।
बजेटको दफा ३७ मा उक्त प्रस्तावित कम्पनीमा न्यूनतम ५१ प्रतिशत शेयर सरकारको र बांकी ४९ प्रतिशत सम्म नेपाली जनता र गैर आवासीय नेपालीहरुकालागी खुला गर्ने उल्लेख छ । समितिको बैठकले यसबारे छिट्टै सम्बन्धित सरकारी निकायहरुसंग समन्वय गरी गैरआवासीय नेपालीहरुको लगानीको स्वरूप बारे स्पस्ट पार्न अनुरोध गर्ने निर्णय पनि गरेको छ ।
समितिका सहअध्यक्ष महेश श्रेष्ठले सरकारले गरेको नयां निर्णयले नेपालमा जलविद्युत क्षेत्रमा गैर आवासीय नेपाली हरुको लगानी भित्र्याउने बाटो खुलेको भन्दै यो अवसरलाई अत्यधिक उपयोग गर्न समिति अरु सक्रिय हुनु पर्ने बताएका थिए । बैठकमा संसार भरि फैलिएका गैर आवासीय नेपालीहरुको लगानी नेपालमा जलविद्युत, पर्यटन, शिक्षा, स्वास्थ्य जस्ता क्षेत्रमा कसरी आकर्षित गर्ने भन्ने बारे छलफल पनि भएको थियो ।
बैठकको अन्त्यमा समितिका अध्यक्ष कुल आचार्यले सबै सहभागीहरुलाई धन्यवाद दिंदै नेपालमा व्यापार तथा लगानी गर्न आफ्नो क्षेत्रबाट सक्रिय रहन सबै सदस्यहरुलाई आग्रह गरेका थिए । समितिको अर्को बैठक आउदो अगस्ट महिनामा बस्ने बताइएको छ ।
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?