लन्डन । गोरखाली समाज यूकेको वार्षिक साधारण सभा यही ९ अप्रिल २०१६ का दिन हुने भएको छ । नयां कार्यसमिति चयन गरिने उक्त साधारणसभाबाट वर्तमान अध्यक्ष भरत रोकाले जिम्मेवारी छाड्ने बताएका छन् ।
समाजले फार्नबोरोमा हुने उक्त सभामा उपस्थित भइदिन गोरखा जिल्ला घरभई बेलायत बसोबास गर्ने सबै गोर्खालीलाई आग्रह गरेको छ ।
बिहान ११.३० देखि बेलुका ६ बजे सम्म
हुने सभामा नयां कार्यसमितिका सदस्यहरु, विघटित कार्यसमितिका सदस्यहरु र सल्लाहकारहरुलाई प्रमाणपत्रसहित खादाले सम्मान गर्ने कार्यक्रम छ ।
उक्त अवसरमा समाजले भूकम्प पीडित वालवालिकाका लागि १५ लाख रुपैयांको अक्षय कोष जिल्ला प्रशासन कार्यालय, गोरखामा दर्ता भइसकेकोबारे जानकारी गराइने अध्यक्ष भरत रोकाले जानकारी दिए ।
समाजका पदाधिकारीबाट आ आफ्नो प्रतिवेदन प्रस्तुत गर्ने बाहेक कार्यक्रमको अन्त्यमा नेपाली नयां वर्ष २०७३ रमझम समेत हुने जनाइएको छ ।
बेलायतका प्रधानमन्त्री स्टार्मरको युक्रेन सहायताको प्रशंसा
बेलायतको आशफोर्डमा ‘हेल्थ एण्ड वेल बिइंग डे’ भव्य रुपमा सम्पन्न
नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल पक्राउ
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता