लन्डन । बेलायत सरकारले भूकम्पबाट प्रभावित जिल्लामा शुद्ध पिउने पानी उपलव्ध गराउन थप ४.५ मिलियन पाउण्ड उपलव्ध गराउने घोषणा गरेको छ । विश्व पानी दिवसमा अवसरमा गोर्खा वेलफेयर ट्रष्टको ग्रामीण क्षेत्रमा पानी तथा सरसफाइ कार्यक्रमलाई उक्त रकम प्रदान गरिने डिएफआइडी (डिपार्टमेन्ट फर इन्टरनेशनल डेभलप्मेन्ट) ले बुधवार जनाएको हो ।
ब्रिटिश गोर्खाहरुबाट सम्पन्न गरिने उक्त योजनाबाट भूकम्प प्रभावित ग्रामीण भेगका २२ हजार ५ सय गरिब पूर्व गोर्खा समुदाय लाभान्वित हुने अपेक्षा छ ।
उक्त रकमले एकसय २० वटा नयां पानी आपूर्ति प्रणाली निर्माण गरि २८५० घरधुरीमा पानी वितरण र ३५ विद्यालयमा शौचालय निर्माण गरिने जनाइएको छ ।
बेलायतले हालसम्म ४२ जिल्लामा ४६ हजार २९५ घरधुरीका तीन लाख ६ हजार ४९५ जनतालाई पिउनेपानी र सरसफाइका सामाग्री उपलव्ध गराइसकेको पनि जनाएको छ ।
यो रकमसंगै बेलायलते सन् २०१२ देखि २०२० सम्म नेपाललाई दिने सहयोग राशी १८ दशमलव ७ मिलियन पाउण्ड हुनेछ ।
डिएफआइडीले गत वर्षको विनाशकारी भूकम्पपछि खानेपानी आपूर्ति अझै सुचारु हुन नसकेको जनाउंदै ५५ लाख नेपाली शुद्ध खानेपानीबाट वञ्चित भएको जनाएको छ । उसले विज्ञप्तिमा एक करोड ६० लाख मानिस सरसफाइ सुविधाबाट वञ्चित भएको पनि
उल्लेख गरेको छ ।
अन्तर्राष्ट्रिय विकास मन्त्री डेसमण्ड स्वानले भूकम्पपछि बेलायतले नेपाली जनतालाई तत्काल राहत सामाग्री उपलव्ध गराएको स्मरण गर्दै बेलायत नेपालको पुनर्निर्माणमा कांधमा कांध मिलाएर अघि बढ्ने प्रतिवद्धता व्यक्त गरेका छन् । उनले बेलायत नेपाल सम्वन्ध अरु मजवुत हुने आशा पनि व्यक्त गरे । इकान्तिपुर
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान