
लन्डन । लन्डनका एक जना सफल व्यवसायी रविजंग लामिछानेले नेपालमा ४० वालवालिकालाई निशुल्क शिक्षा प्रदान गर्ने भएका छन् ।
उनले आफ्ना स्वर्गीय पिता चन्द्रजंग लामिछानेको सम्झनामा रवि चन्द्र ट्रष्ट स्थापना गरि ४० वालवालिकालाई आउंदो शैक्षिक सत्र ०७३ देखि उत्कृष्ट निजी विद्यालयमा निशुल्क शिक्षा प्रदान गर्ने भएका हुन् । द्वन्द्व तथा प्राकृतिक प्रकोपबाट अभिभावक गुमाएका र विस्थापित भएका, टुहुरा, आर्थिक रुपमा पिछडिएका, असहाय तथा जेहेन्दार तथा हिंसाको शिकार भएका एकल महिलाको वालवालिकाले आवेदन दिन सक्ने लामिछानेले जनाए ।
लामिछानेले आफ्नो बाबुको मार्ग निर्देशन र शिक्षाप्रतिको गहिरो लगावका कारण यसअघि व्यक्तिगत तर्फबाट वालवालिकालाई देशका विभिन्न विद्यालयमा निशुल्क शिक्षा प्रदान गर्दै आएपनि अब संस्थागत रुपमा ट्रष्ट स्थापना गरि गृह जिल्ला पर्वतको तिलाहार, देउपुर, बाजुङ, रामजा, चित्रे गाविसहितका गाउंलाई केन्द्रित गरि उक्त छात्रवृत्ति वितरण गरिने जनाए ।
छात्रवृत्तिको आवेदन कक्षा ५, ६ र ७ का लागि हुने र छनोट गरिएका वालवालिकालाई उच्च शिक्षासम्म खर्च बेहोरिने जनाइएको छ ।
ट्रष्टले एक सूचना जारी गर्दै दरखास्त आव्हान गरेको छ ।

यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान