लण्डन । विश्वासदीप तिगेला नाम एक परिचय अनेक । साहित्यकार, पत्रकार, राजनीतिकर्मी, समाजसेवी, अभियानकर्मी, एनआरएन नेता । यस्ता अनेकन पहिचान छ उनको । उनै तिगेला अहिले भारतमा बेचिएका नेपाली बालबालिकाको उद्दारमा सहयोग गर्न लण्डन म्याराथन दौड्दैछन् ।
पूर्व गोरखा सैनिक तिगेलाको बानी हरेक साल केही न केही सामाजिक कार्य गर्ने परिसकेको छ । पुस्तक छपाउन नसकेका करिब एक दर्जन साहित्यकारको पुस्तक छपाइदिए उनले केही वर्ष ।
साहित्य, राजनीतिका अलावा दौड उनको रुचिको अर्को क्षेत्र हो । आर्मीमा रहँदै उनले वेल्समा ३२ किलोमिटर लामो पहाड चढ्ने, ओर्लने दौड पूरा गरिसकेका छन् । यसबाहेक तन्दुरुस्त रहन बेलाबेलामा दौडिरहन्छन् । दौडमा रुचि राख्नेलाई लण्डन म्याराथन नौलो नाम होइन । विश्वका विभिन्न भागबाट साे म्याराथनमा भाग लिन मानिसहरु आउने गरेकोमा यहीँ बस्दा भाग किन नलिने भन्ने तरंग तिगेलाको मनमा आयो ।
तर कसको सहयोगका लागि दौड्ने ? तिगेलाले बेलायतीहरुले स्थापना गरेको एस्थर बेञ्जामिन ट्रष्ट सम्झे । जसले नेपालबाट भारतका विभिन्न सर्कसहरुमा बेचिएका बालबालिकालाई उद्दार गरी पुनर्जीवन दिने गरेको छ । यहाँका नागरिकले हाम्रा लागि काम गरेका छन् भने हामीले किन सहयोग नगर्ने भन्ने सोचाइ उनको मनमा आयो ।
एनआरएन आइसिसीका सदस्य, विश्व नेपाली साहित्य महासंघका अध्यक्ष रहेका तिगेला दुवै संस्थाको प्रतीक चिन्ह लिएर म्याराथन दौड्दै छन् । दर्जनौँ संघ संस्थामा आवद्ध र आफैँ पनि पूर्णकालिन जागिरे तिगेलाको यो आँटलाई मान्नै पर्छ । उनी भन्छन्, “हप्तामा तीन दिन साढे दुई घण्टाको दरले अभ्यास गर्दैछु ।”
तिगेलाले दौडबाट करिब ३ हजार ५०० पाउण्ड सहयोग संकलन गर्ने लक्ष्य राखेका छन् । उनले सहयाेगका लागि सबैमा अपील पनि गरेका छन् ।
अप्रिल २४ मा लण्डनमा हुने २६.२ माइल लामो सो म्याराथनमा उनकाे लक्ष्य चाहिँ छोरीको रेकर्ड तोड्ने रहेकाे छ । गतवर्ष लण्डन म्याराथन दौडेकी उनकी छोरी कल्पना लिम्बुले ४ घण्टा ३९ मिनेटमा साे म्याराथन पूरा गरेकी थिइन् ।
बेलायतमा १५ मार्चदेखि पाँचौं ‘ए स्टार नेपाल बास्केटबल लिग’, १४ टिमले प्रतिस्पर्धा गर्ने
स्कटल्याण्डविरुद्ध नेपालको जित
बेलायतमा ५.२ प्रतिशत बेरोजगारी, श्रम बजारमा दबाब
नेपाली सेना दिवसको अवसरमा लन्डन दूतावासमा विशेष समारोह
मध्य सुडानको एक व्यस्त बजारमा ड्रोन आक्रमण, २८ जनाको मृत्यु
नेपालको राजधानी काठमाडौँको वायु प्रदूषण अझै अस्वस्थ
एनबीसी यूकेले २२ फेब्रुअरीमा घरेलु हिंसाविरुद्ध सचेतनामूलक वेबिनार आयोजना गर्ने, देवमान र लक्ष्मी प्रमुख वक्ता
क्यानाडामा गोलीकाण्ड, ९ जनाको मृत्यु
भूतपूर्व गोर्खा सैनिकहरुका माग सम्बोधन गर्न छलफल जारी : बेलायतको रक्षा मन्त्रालय
जेन–जी विद्रोहपछि बङ्गलादेशमा पहिलो मतदान