
लन्डन । लन्डनका एकजना सक्रिय विद्यार्थी अभियन्ता गणेश खड्काले लाइभ फेसबुक शो गर्ने भएका छन् । सामाजिक सञ्जालको सदुपयोग
गर्दै उनले फेसबुकमार्फत पाक्षिक लाइभ अन्तरक्रिया गर्ने भएका हुन् ।
महिनाको दुई पटक आइतबार १ बजेबाट लाइभ प्रसारण हुनेछ । उक्त कार्यक्रममा सहभागिता जनाउन एवं हेर्न दर्शकहरुले गणेश खड्काको फेसबुक अकाउन्ट फलो गर्न सक्नेछन् ।
शो मनोरन्जनात्मक, ज्ञानवर्धक र प्रेरणादायी हुने दावी खड्काको छ । उनले पहिलो शोमा काउन्सिलर डा. बच्चु कैलाश कैनीलाई अतिथी डाकेका छन् । खड्काले उक्त शोमा बेलायतको नेपाली डायस्पोराका प्रभावशाली व्यक्तित्वलाई आमन्त्रण गरिने बताए ।
ग्लाइन्डर युनिभर्सिटीका पूर्व लन्डन क्याम्पस अफिसर खड्काले अन्तर्राष्टिय विद्यार्थीका मुद्दा उठाउंदै आएका छन् । उनको विद्यार्थी भिजा समस्यामा केन्द्रित बीबीसी अन्तर्वार्ता र प्रधानमन्त्री डेभिड क्यामरुनलाई संप्रेषित पत्र खुबै चर्चित भएको थियो ।
खड्काले गत नोभेम्बरमा नाकाबन्दीको विरोधमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध बेलायती प्रधानमन्त्रीको कार्यालय अगाडि गरिएको विशाल प्रदर्शनमा मुख्य भूमिका निर्वाह गरेका थिए । हजारौं सहभागी उक्त प्रदर्शनले देश विदेशमा उल्लेख्य चर्चा बटुलेको थियो । हाल बीपीपी युनिभर्सिटीमा मास्टर अफ साइन्स प्रोजेक्ट म्यानेजमेन्ट अध्ययनरत उनले विद्यार्थीलाई एनआरएनमा समावेश नगरिएकामा रोष प्रकट गर्दै आवाज उठाएका थिए ।
बेलायतका प्रधानमन्त्री स्टार्मरको युक्रेन सहायताको प्रशंसा
बेलायतको आशफोर्डमा ‘हेल्थ एण्ड वेल बिइंग डे’ भव्य रुपमा सम्पन्न
नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल पक्राउ
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता