
लन्डन । लन्डनका एकजना सक्रिय विद्यार्थी अभियन्ता गणेश खड्काले लाइभ फेसबुक शो गर्ने भएका छन् । सामाजिक सञ्जालको सदुपयोग
गर्दै उनले फेसबुकमार्फत पाक्षिक लाइभ अन्तरक्रिया गर्ने भएका हुन् ।
महिनाको दुई पटक आइतबार १ बजेबाट लाइभ प्रसारण हुनेछ । उक्त कार्यक्रममा सहभागिता जनाउन एवं हेर्न दर्शकहरुले गणेश खड्काको फेसबुक अकाउन्ट फलो गर्न सक्नेछन् ।
शो मनोरन्जनात्मक, ज्ञानवर्धक र प्रेरणादायी हुने दावी खड्काको छ । उनले पहिलो शोमा काउन्सिलर डा. बच्चु कैलाश कैनीलाई अतिथी डाकेका छन् । खड्काले उक्त शोमा बेलायतको नेपाली डायस्पोराका प्रभावशाली व्यक्तित्वलाई आमन्त्रण गरिने बताए ।
ग्लाइन्डर युनिभर्सिटीका पूर्व लन्डन क्याम्पस अफिसर खड्काले अन्तर्राष्टिय विद्यार्थीका मुद्दा उठाउंदै आएका छन् । उनको विद्यार्थी भिजा समस्यामा केन्द्रित बीबीसी अन्तर्वार्ता र प्रधानमन्त्री डेभिड क्यामरुनलाई संप्रेषित पत्र खुबै चर्चित भएको थियो ।
खड्काले गत नोभेम्बरमा नाकाबन्दीको विरोधमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध बेलायती प्रधानमन्त्रीको कार्यालय अगाडि गरिएको विशाल प्रदर्शनमा मुख्य भूमिका निर्वाह गरेका थिए । हजारौं सहभागी उक्त प्रदर्शनले देश विदेशमा उल्लेख्य चर्चा बटुलेको थियो । हाल बीपीपी युनिभर्सिटीमा मास्टर अफ साइन्स प्रोजेक्ट म्यानेजमेन्ट अध्ययनरत उनले विद्यार्थीलाई एनआरएनमा समावेश नगरिएकामा रोष प्रकट गर्दै आवाज उठाएका थिए ।
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान